श्रीमानको हत्या गर्ने श्रीमती र प्रेमीलाई जन्मकैद

श्रीमानको हत्या गर्ने श्रीमती र प्रेमीलाई जन्मकैद

केन्द्रबिन्दु
0
Shares

अर्घाखाँची । प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमती र उनका प्रेमीलाई जन्म कैदको सजाय सुनाईएको छ । माइती घरमा आएको बेला श्रीमानको हत्या गरेर बोरामा बाँधेर डिभर्नाको जंगलमा फाल्ने कपिलवस्तु बाँणगंगा ७ धैरेनीडाँडा निबासी ३३ वर्षीया राधा घर्ति र उनका प्रेमी रमेश विकलाई जिल्ला अदालत अर्घाखाँचीले जन्म कैदको फैसला सुनाएको हो।

त्यस्तै घटनामा संलग्न राधाकी आमा बसुन्धरा बस्याललाई ५० हजार जरिवाना तोकिएको छ । राधाका श्रीमान कपिलबस्तु वाणगंगा नगरपालिका-७ धैरेनीडाँडाका ३६ वर्षीय धनबहादुर घर्ती मगरको गत भदौ १८ गते सोमबार सन्धिखर्क नगरपालिका-१२ बस्यालटोल नजिकै बोरामा फालेको अवस्थामा शव भेटिएको थियो।

विगत ८ वर्षदेखि प्रेममा रहेका राधा र रमेशले घरजम गर्ने उद्देश्यले धनबहादुरको हत्या गरेका थिए । उनीरु कामको सिलसिलामा बागलुङ गएका थिए। त्यहि मौका छोपी भदौ १० गते राधाका प्रेमी रुकुम घर बताउने रमेश विक बिदेशबाट राधाको घरमा आए। उनी राधासँगै घरमा तीन दिन सँगै बसे।

राधा, राधाकी आमा र रमेश तीनजना भएर कपिलवस्तुबाट अर्घाखाँचीको यात्रा तय गरे।सन्धिखर्कबाट ट्याक्सी चढेर राधाको माइती सन्धिखर्क नगरपालिका-१२ डिभर्नाको बस्याल टोल पुगे। उता दशैंमा आउँछु भनेर बागलुङ गएका राधिकाका श्रीमान् धनबहादुर घर्तिमगर अचानक घर आए। घरमा श्रीमतीलाई देखेनन्।

श्रीमती नदेखेपछि फोन गरे । फोनमा आफूलाई जानकारी नदिइ किन माइत गएको भन्दै श्रीमतीलाई सोधे। कुराकानीकै क्रममा वादविवाद भयो । राधिकाले श्रीमानसँग म भोलि आउँछु भनेर भनिन् । त्यतिकैमा कुराकानी सकियो।

धनबहादुर एक्कासी १३ गते साँझ ससुराली डिभर्ना आइपुगे । ससुरालीमा श्रीमतिले अर्कै मान्छे लिएर आएको देखेपछि उनीहरु बीच भनाभन सुरु भयो। भनाभन पछिको उग्र रुपले धनबहादुरको हत्या भयो। आमाले जंगलको ठाउँ बताएपछि हत्या गरेर बोरामा बाँधेर जंगलमा फालेको राधा, रमेश र राधाकी आमाले स्वीकार गरेका थिए।

Skip This
Skip This
Logo