प्रधानमन्त्री केपी ओलीले वाइडबडी जहाज प्रकरणबारे संसदीय उपसमितिले सार्वजनिक गरेको प्रतिवेदनबारे मुख खोलेका छन्।
‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममको २३औं श्रृखलामा बुधबार बोल्दै प्रधानमन्त्री ओलीले संसदीय उपसमिति नै सर्वेसर्वा नभएको बताउदै प्रतिवेदन बाघकै जुँगा हो कि होइन भनेर छानविन हुन् बाँकी रहेको बताएका हुन्। उपसमितिको कार्यशैली प्रति असन्तुष्टि व्यक्ति गर्दै ओलीले भने, ‘उपसमितिले समितिलाई बुझाउन भन्दा पहिले अन्तै बुझायो कि के गऱ्यो ? पत्रपत्रिकामा समितिको सम्पत्ति कसरी बाहिर गयो? सत्य कुरा, तथ्य कुरा गयो भने ठिक छ। तर जाने प्रक्रिया हुन्छन् नि? लुकाउनका लागि त त्यो प्रतिवेदन थिएन। तर सार्वजनिक गर्ने पनि तरिका होलान् नि? त्यससम्बन्धमा उपसमिति नै सर्वेसर्वा हुँदैन। समितिमा बुझाउने हो त्यसको काम।’
संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विशेष छानबिनका लागि आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, ‘उपसमितिले के के न बाघका जुंगा उखेल्यौं भनेर त्यसको हातमा भएका राैं चाँहि बाघका जुंगा नै हुन कि होइनन्? त्यो त समितिले भन्ला या संसदले भन्ला।’
भ्रष्टाचार र अनियमतिता गर्ने जोसुकै माथि कारवाही हुने र त्यसका लागि सरकार अत्यन्त गम्भिर रहेको बताउंदै प्रधानमन्त्री ओलीले उच्चस्तरीय छानबिन हुने बताए।
उपसमितिले बुुधबार संसदको सार्वजनिक लेखा समितिलाई ४ अर्ब ३५ करोड अनियमितता भएकाे प्रतिवेदन बुझाएको थियो ।































प्रतिक्रिया