१२ बर्षीय गंगामाया प्रजाले छोरीलाई जन्म दिएकी छन्। मकवानपुर राक्सिराङकी उनले काठमाडौंस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा आज छोरीलाई जन्म दिएकी हुन्।
आमा र छोरी दुवै स्वस्थ रहेको र नवजात शिशुको तौल २.९ केजी रहेको अस्पतालले जनाएको छ । सानो उमेर र शारीरिक परिपक्वता नभएका कारण शल्यक्रिया गरी बच्चा जन्माइएको अस्पतालले जनाएको छ । उनी आउँदो २२ भदौमा १३ वर्ष पुग्नेछन् ।
उनलाई डेढ महिनादेखि चिकित्सकको निगरानीमा काठमाडौंमै राखिएको थियो। उनका श्रीमान रञ्जित प्रजा १८ वर्षका छन्। ४ कक्षामा पढ्दै गरेकी गंगामायाले ५ माघ २०७४ मा भागी विवाह गरेकी थिइन् ।





























प्रतिक्रिया