फ्रि भिसा र टिकेट लागु गर्न कानुन र संयन्त्र बनाउन सर्वोच्चको निर्देशन

फ्रि भिसा र टिकेट लागु गर्न कानुन र संयन्त्र बनाउन सर्वोच्चको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले मलेसियासहित खाडी मुलुक जाने कामदारको हकमा लागू भएको फ्रि भिसा र टिकेट टिकटको निर्णय प्रभावकारी ढंगले लागू गर्न निर्देशनात्मक आदेश जारी गरेको छ । सरकारको नाममा एक निर्देशनात्मक आदेश जारी गर्दै यसका निम्ति आवश्यक कानुन तथा संयन्त्रको व्यवस्था गर्नू/गराउनू भनेको हो ।

सामाजिक न्यायको लागि कानुन नीति नियम मञ्चले २०७४ को भाद्र ११ गते सर्वोच्च अदालतमा निःशुल्क भिसा र टिकटको निर्णय कार्यान्यवन गराउन माग गर्दै रिट निवेदन दायर गरेकोे थियो ।

श्रम तथा रोजगार मन्त्रालयले २०७३ सालमा नेपाली कामदारहरुको भिसा तथा टिकटको रकम रोजगारदाताले नै व्यहोर्नु पर्ने व्यवस्था गर्नुपर्ने निर्णय गरेको थियो ।

निर्णय प्रभावकारी कार्यान्वयन नभएको भन्दै मञ्चले सर्वोच्चमा रिट हालेको थियो । २०७४ भाद्र २४ मा सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले विपक्षी नेपाल सरकार लगायतका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

सोमबार अन्तिम सुनुवाइ गर्दै न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र केदारप्रसाद चालिसको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । सरकारको निर्णयअनुसारको व्यवस्था कार्यान्वयन गर्नू र आवश्यक कानुन निर्माण गर्नू भनी निर्देशनात्मक आदेश जारी गरेको हो ।

Skip This
Skip This
Logo