श्रीमानलाई तलाक दिएर दुई महिलाले समलिंगी विवाह गरे

श्रीमानलाई तलाक दिएर दुई महिलाले समलिंगी विवाह गरे

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । भारतमा दुई महिलाले श्रीमानलाई तलाक दिइएर समलिंगी विवाह गरेका छन् । उत्तर प्रदेशको हमीरपुर जिल्लाका दुई महिलाले आफ्ना श्रीमानलाई तलाक दिएर समलिंगी विवाह गरेका हुन् । ती दुई महिला ७ वर्षदेखि प्रेममा थिए। एकअर्कोलाई छोड्न नसक्ने भएपछि विवाहित २६ वर्ष र २१ वर्षका दुवैजनाले समलिंगी विवाह गरेका हुन्।

विवाह दर्ता गर्न उनीहरु त्यहाँको पंजीकरण विभागमा गए । कानुनले समलिंगी विवाहलाई मान्यता नदिएकाले पंजीकरण विभागका कर्मचारीले विवाह दर्ता गरेनन् ।

राठकोतवाली क्षेत्रमा बस्ने ती दुई युवतीले पंजीकरण कार्यालयमा आएर एकअर्कालाई अंगालोमा बाँधेर समलिंगी विवाह गरे।दुवै युवतीले समलिंगी विवाहलाई मान्यता दिन निवेदन दिएको तर कानूनले मान्यता नदिने पंजीकरण विभागका सब रजिस्ट्रार रामकिशोर पालले जानकारी दिए ।

दुईमध्ये एक महिला एक छोरीकी आमा हुन् । २१ वर्षीया महिला एक शिक्षककी छोरी हुन् भने अर्की २६ वर्षीया महिला मजदुरकी छोरी हुन् । दुवैजनाले आफूखुसीमा समलिंगी विवाह गरेका हुन् ।

Logo