प्रधानन्यायाधीश जबराको ‘फर्स्ट टार्गेट’: दीपकराज जोशी

प्रधानन्यायाधीश जबराको ‘फर्स्ट टार्गेट’: दीपकराज जोशी

केन्द्रबिन्दु
0
Shares

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज शपथ लिदैछन् ।  शपथ लगतै सर्वोच्च अदालत पुगेर पदभार सम्हाल्न लागेका जबराको  ‘फर्स्ट टार्गेट’ बन्ने भएका छन् न्यायाधीश दीपकराज जोशी।

यस अघि संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशका लागि जोशी अस्वीकृत भएका थिए । अस्वीकृत भए पनि जोशी न्यायाधीशका रुपमा भने कार्यरत नै थिए। जोशीलाई राजीनामा लागि दबाब दिइए पनि राजीनामा दिएका थिएनन्। प्रधानन्यायाधीशमा जोशी अस्वीकृत भएपछि वरिष्ठतम न्यायाधीशका हिसाबले जोशी परिषद सदस्य थिए।

स्रोतका अनुसार नवनियुक्त प्रधानन्यायाधीश जबराले बुधबारदेखि नै जोशीलाई इजलास नदिने तयारी थालेको छ । साथै जोशीको सुबिधामा समेत कटौती गर्ने तयारी भैरहेको छ।

संसदीय सुनुवाइका क्रममा मंगलबार राणाले आफू प्रधानन्यायाधीश भएमा समितिको निर्णयको सम्मान गर्ने बताएका थिए । सुनुवाईका क्रममा  राणाले आफ्नो १५ पेज लामो कार्ययोजना सुनाएका थिए । प्रस्तावित प्रधानन्यायाधीश राणाले अदालतमा एनजिओ र आइएनजिओलाई निषेध गर्ने गरी आफ्नो कार्ययोजना अघि सारेका थिए ।

त्यस्तै राणाले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउने बताएका थिए । यसैगरी विधि र प्रक्रिया बनाएर समावेशी प्रतिनिधित्वमा ध्यान दिने बताएका राणाले आफ्नो कार्यकालमा यसतर्फ ध्यान दिएर काम गर्ने बताए। अगामी दिनमा न्यायलयलाई भित्र र बाहिरबाट सहयोग हुने आशा गरेको बताएका राणाले प्रणालीगत विकास गर्ने, संहिता कार्यान्वयनलाई प्राथिमकता दिने बताएका थिए।

राणाले न्यायालयमा हुने भ्रष्टाचार निवारण गर्न निगरानीमूलक संरचना विकास गर्न सकिने बताएका थिए ।

Logo