काठमाडौँ
नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरिदमा भएको घोटालाका सम्बन्धमा छानबिन गर्न बनेको संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले खरिद प्रक्रियामा संलग्न मन्त्रीहरूलाई कारबाही सिफारिस गरेको छ ।
उपसमितिको मंगलबार दिउँसो २ बजेदेखि राति १० बजेसम्म बसेको बैठकले विमान खरिदमा झन्डै चार अर्ब रुपैयाँ घोटाला गरेको निष्कर्ष निकाल्दै खरिद प्रक्रियामा संलग्न पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमाथि कारबाही गर्न सिफारिस गरेको हो । ‘जहाज खरिदमा मनोमानी भएको, संसद् र समितिमा झूटो बोलेको तथा कानुनी प्रक्रिया गलत भन्दाभन्दै पनि भुक्तानी गरेकाले खरिद प्रक्रियामा संलग्न मन्त्रीहरूलाई कारबाही सिफारिस गरिएको छ’, बैठकपछि उपसमितिका एक सदस्यले भने ।
जहाज खरिदमा संलग्न अन्य सदस्यलाई कारबाहीको सिफारिस गरे पनि मन्त्रीहरुबारे भने निर्णय भएको थिएन । घोटालामा मन्त्रीहरूको पनि प्रत्यक्ष/अप्रत्यक्ष संलग्न भएको ठहर उपसमितिको छ । मन्त्रीहरूमाथि कारबाही सिफारिस गर्ने वा नगर्ने विषयमा सदस्यहरूबीच मतभेद रहेकाले उपसमिति बैठक लम्बिएको थियो ।
उपसमितिले प्रतिवेदन बुधबार समितिमा बुझाउने तयारी गरेको छ । वाइड बडी खरिदमा वर्तमान मन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीहरू जितेन्द्र देव र जीवनबहादुर शाही संलग्न छन् ।
नागरिकबाट































प्रतिक्रिया