नुवाकोट
नुवाकोट जिल्लामा सुख्खा पहिरोमा तीन जना पुरिएका छन् । जिल्लाको विदुर नगरपालिका वडा नम्बर १० गेर्खुमा पहिरोमा परि तीन जना पुरिएका हुन् ।
सडकमा साँझमा माथिबाट आएको सुख्खा पहिरोमा परी गेर्खुटारकी ७३ वर्षीया प्रेमकुमारी तामाङको मृत्यु भएको छ । प्रहरीका अनुसार ढाडखोलाको सुख्खा पहिरोमा पुरिएका अरु २ जनाको जीवितै उद्धार गरी उपचारका लागि त्रिशुली अस्पतालमा लगिएको छ ।
जीवितै उद्धार गरिएकाहरूको पनि स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया