रौतहट । नगर प्रमुख जेलबाट छुटेको खुशीयालीमा रौतहतको कटहरिया नगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको छ । मेयर सियाराम कुशवाहले आफू जेलबाट छुटेको खुशीयालीमा आज नगर क्षेत्रका सरकारी कार्यालय, विद्यालयलगायतमा सार्वजनिक विदा दिईएको हो ।
स्थानीय तहले पाउने अधिकारको दुरुपयोग गर्दै मेयरको लहडमा स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णयप्रति व्यापक आलोचना भईरहेको छ ।
विश्व हिन्दु युवासंघ पर्साका संस्थापक काशी तिवारीको हत्या आरोपमा जेल परेका मेयर कुशवाह सर्वोच्च अदालतले सफाई दिएपछि काठमाडौंको डिल्लीबजार कारागारबाट छुटेका थिए ।
वैशाख २७ गते काठमाडौँमा पक्राउ परेका मेयर कुशवाहलाई ९ महिना कारागार बसेपछि सर्वोच्च अदालतले सफाई दिएको थियो । उनी शनिबार नेकपाका केन्द्रीय नेताहरुसहित हेलिकोप्टर चढेर गृह नगर फर्किएका थिए ।
































प्रतिक्रिया