केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

सञ्चारमन्त्रीको आक्रोशदेखि निर्मलाका निम्ति न्यायसम्म

सञ्चारमन्त्रीको आक्रोशदेखि निर्मलाका निम्ति न्यायसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

उपेन्द्र, गच्छदार र महतोलाई भन्दा सिके राउतलाई खोज्ने धेरै !

मधेस केन्द्रित राजनीति गरिरहेका नेताहरुमध्ये सर्वाधिक ‘हाइलाइटेड’ नेताहरु हुन् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, विजयकुमार गच्छदार, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, राजपा अध्यक्ष मण्डलका तत्कालिन संयोजक महन्थ ठाकुर, हृदयस त्रिपाठी, महेन्द्र राय यादव, अनिल कुमार झा, राजकिशोर यादव र शरतसिंह भण्डारी ।

राष्ट्रिय फुटबल टोलीका चेम्जोङ उत्कृष्ट गोलकिपर घोषित

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङले माल्दिभ्समा उत्कृष्ट गोलकिपरको पुरस्कार जित्न सफल भएका छन् । माल्दिभ्सको टिसी स्पोटर्स क्लबलाई राष्ट्रिय लिग फुटबल जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण चेम्जोङले उक्त अवार्ड जित्न सफल भएको त्यहाँको फुटबल महासङ्घले जनाएको छ ।

ऊर्जामन्त्रीलाई प्रश्न- ‘बिजुलीको मिटर राख्न लालपुर्जा चाहिन्छ र ?’

‘‘मन्त्रीज्यू हामीलाई सार्वजनिक जग्गामा बसेको भनेर बिजुलीको मिटर दिइएन । सार्वजनिक जग्गामा बस्नेले मिटर पाउँदैनन् भनेर गाउँपालिकाले पनि हाम्रो कुरा सुनेन । हामीसँग लालपुर्जा छैन । के हामीले बिजुली बाल्न नपाउने हो र ?’’ यो भनाइ हो महोत्तरी पिपरा अल्लीपट्टीका काशिम राइनको ।

२०१८ मा सर्वाधिक खोजिएका १० व्यक्ति (भिडियो रिपोर्ट)

हामी अहिले नयाँ बर्ष २०१९ को संघारमा छौ । यतिबेला बर्ष २०१८ को समिक्षा भईरहेको छ । यसैक्रममा सर्च ईन्जिन गुगलले सर्वाधिक खोजिएका ब्यक्तिहरुको सूचि सार्वजनिक गरेको छ । सार्वजनिक ‘टप टेन’ सूचिमा राजकुमारीदेखि पोर्नस्टारसम्म परेका छन् ।

साताको शेयर बजारमा चार अर्बको कारोवार

धितोपत्र बजारमा धेरै पछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको छ । पछिल्ला दिनमा कारोवार रकम अर्ब माथि पुग्न नसकेको कारोवार रकम यस साता झण्डै रु चार अर्बको हाराहारीमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता रु रु तीन अर्ब ९१ करोड ७७ लाख २७ हजार ७३१ मूल्य बराबरको शेयर कारोवार भएको छ ।

२६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २९४ हप्तामा ललितपुरतिरको थापाथली पुलमुनिको नदी किनारमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा महानगरपालिकाको वडा नं २ र १० का निर्वाचित जनप्रतिनिधिलगायत अभियानकर्मीको सहभागिता रहेको थियो ।

सरकारको काम बुद्धिजीवी भन्नेहरुबाटै अवरोध भयो- सञ्चारमन्त्री

सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारले गर्न लागेको नया कामको बुद्धिजीवी भन्नेहरुबाटै अवरोध हुने गरेको बताएका छन् । शनिबार काठमाडौंमा भएको क्यान महासंघको २५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले सरकारले घोषणा गरेका नवीन काम अदालत तथा बुद्धिजीवी भन्नेहरुबाटै अवरोध हुन थालेको गुनासो गरेका हुन् । उनले विरोध र अवरोध गर्नेहरुले आफ्नो क्षेत्राधिकार नाघ्न नहुने तर्क गरे ।

विवेकशिल साझा पार्टीको नेतृत्वमा ‘न्यायको खोजीमा निर्मलाहरु’

कंचनपुरकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रर्दशन गरिएको छ ।
विवेकशिल साझा पार्टीको नेतृत्वमा ‘न्यायको खोजीमा निर्मलाहरु’ व्यानरमा सनिबार प्रधानमन्त्रीको सरकार निवास अगाडि बालुवाटार चोकमा प्रर्दशन गरिएको हो ।

‘निर्मला हत्या प्रकरणमा प्रहरी संवेदनशील छ’

महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी निर्मला पन्त हत्या प्रकरणमा गम्भीर र संवेदनशील भएकोे बताएका छन् । सामुदायिक सेवा केन्द्र गोङ्गबुको १३ औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले निर्मला पन्त हत्याले नेपाल प्रहरीलाई सबैभन्दा दुःखित बनाएको बताए । “निर्मला पन्तको हत्यारा कुनै न कुनै दिन प्रहरी खोरभित्र पुग्छन्”, उनले भने ।

पहाडी र हिमाली जिल्लाहरुमा हिमपात, मनाङको तापक्रम माइनस २१ डिग्री

पछिल्लो केही दिन यता देशभर चिसो बढेको छ। चिसाेले जनजीवन कष्टकर बनेको छ । पहाडी एवं हिमाली जिल्लाहरुमा हिमपात भएकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले मुलुकभर चिसो बढेको छ भने हिमाली जिल्लामा निरन्तर हिउँ परेसँगै जनजीवन कष्टकर बनेको छ । पछिल्लो २४ घण्टायता मनाङमा तापक्रम माइनस २१ डिग्रीसम्म झरको छ ।

चरिकोटमा हिमपात, जनजीवन प्रभावित

यसरी सम्झिए ७४ औ जन्मजयन्तीमा तत्कालिन राजा वीरेन्द्रलाई

फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प

फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प

निर्वाचनका लागि बङ्लादेशमा छ लाख सुरक्षाकर्मी परिचालित

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Skip This
Skip This
Logo