काभ्रे । विशेषगरी स्वागत तथा सम्मानमा घाँटीमा फूलको माला लगाईन्छ । त्यो पनि नेताहरुलाई त झनैं २ सय किलोको सम्म माला लगाएको देखिन्छ । तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भने स्वागतमा सुन्तलाको माला लगाईएको छ ।
शुक्रबार काभ्रेको एउटा कार्यक्रममा प्रमुख अतिथि भएका पुगेका प्रचण्डलाई स्थानीयले सुन्तलाको माला लगाईदिएका हुन् । खाँडादेवी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा पुगेका प्रचण्डको गलामा झन्डै डेढ किलो सुन्तलाको माला लगाइएको थियो । नयाँ तरिकाले स्वागत गर्नका लागि डेढ किलो सुन्तलाको माला लगाईएको आयोजकले जनाएको छ ।































प्रतिक्रिया