चोलेन्द्रविरुद्ध परेका ९ वटा उजुरी उपर आज छलफल हुने

चोलेन्द्रविरुद्ध परेका ९ वटा उजुरी उपर आज छलफल हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध ९ वटा गम्भीर प्रकृतिका उजुरी परेका छन् ।

संसदीय सुनुवाइ विशेष समितिमा परेका ९ वटा उजुरीमाथि छलफल गर्न बैठकले शुक्रबार अपराह्न ३ बजे उजुरीकर्ताहरु र जबरालाई बैठकमा बोलाइएको छ ।

उनी विरुद्ध परेका उजुरी उपर आज देखि छलफल हुने बताइएको छ । छलफलपछि जबराको सुनुवाईको मिति तय गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

संवैधानिक परिषदले १७ पुसबाट प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकाश पाउने भएपछि सर्वोच्चका न्यायाधीश जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

Skip This
Skip This
Logo