काठमाडौँ
भूकम्पले क्षतिग्रस्त सुनधारास्थित ऐतिहासिक धराहराको नवनिर्माण कार्यको शिलान्यास विहीबार ( पुस १२ गते ) हुने भएको छ ।
धराहरा परिसरमै एक औपचारिक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा नवर्निर्माण कार्यको शिलान्यास गर्नुहुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा संरक्षण महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिनुभयो ।
त्यस अवसरमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, बहालवाला मन्त्रीहरू, सांसदहरू, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी लगायत करिब तीनसय जनाको सहभागिता रहने जानकारी उहाँले दिनुभयो । शिलान्यासपछि धरहरा निर्माणले थप गति लिने प्राधिकरणको विश्वास रहेको मनान्धरले बताउनुभयो ।
वि.सं. २०७२ बैशाख १२ गते आएको भूकम्पमा पूर्ण रुपले क्षतिग्रस्त भएको धराहराको नवनिर्माण करिब एक महिना अगाडिदेखि नै सुरु भइसकेको छ । कूल ४२ रोपनी क्षेत्रफलमा फैलिने धरहारा अबको दुई वर्षभित्र निर्माण भइसक्ने जानकारी उहाँले दिनुभयो । नयाँ डिजाइन अनुसार धरहराको लागत तीन अर्ब ४८ करोड रुपैयाँ हुनेछ ।
गोरखापत्रबाट





























प्रतिक्रिया