सम्बन्ध विच्छेदका घटना बढ्दै : मुद्दा हाल्नेमा पुरुष बढी

सम्बन्ध विच्छेदका घटना बढ्दै : मुद्दा हाल्नेमा पुरुष बढी

केन्द्रबिन्दु
0
Shares

गुल्मी

गुल्मीमा पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । चालू आर्थिक वर्षको साउन महिनामा मात्र १२ महिलाले अदातलमा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गरेका थिए ।

गत १ भदौबाट पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था नयाँ मुलुकी ऐन कार्यान्वयनमा आएपछि अदालतमा सम्बन्ध विच्छेदका लागि आउने पुरुषहरूको संख्या ह्वात्तै बढेको छ ।

नयाँ मुलुकी ऐन लागू भएपछि भदौमा मात्रै २१ पुरुष र १३ महिलाले सम्बन्ध विच्छेदको माग गर्दै मुद्धा दर्ता गरेको जिल्ला अदालतका श्रेष्तेदार दुर्गा प्रसाद बस्यालले जानकारी दिए ।

यसैगरी असोजमा नौ महिला र छ पुरुष, कार्तिकमा १६ पुरुष १२ महिला र मंसिरमा चार पुरुष र आठ महिलाले अदालतमा सम्बन्ध विच्छेदको मुद्धा दर्ता गराएको श्रेस्तेदार बस्यालले बताए ।

चालू आवको पाँच महिनामा मात्रै ५४ महिला ४७ पुरुष गरी १०१ वटा सम्बन्ध विच्छेदका मुद्धा जिल्ला अदालत गुल्मीमा दर्ता भएको छ । जिल्ला अदालत गुल्मीमा आर्थिक वर्ष ०७४/०७५ मा १४७ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका थिए ।

नयाँ मुलुकी ऐनमा पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने कानुनी व्यवस्था रहेको थाहा पाएपछि अदालत गुल्मीमा एकै दिन तीन पुरुषले मुद्दा दर्ता गरेका छन् ।
राजधानीबाट

Logo