काठमाडौँ
कक्षा ११ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि निवेदन दिएका विद्यार्थीहरुले पुनर्योगको नतिजा पश्चात उक्त नतिजामा समेत चित्त नबुझे उत्तरपुस्तिका पुनःपरीक्षण गराउने ब्यवस्था राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गरेको छ ।
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट पुस ३ गते निर्णय भई उत्तरपुस्तिका पुनःपरीक्षण निर्देशिका, २०७५ को ब्यवस्था अनुसार विद्यार्थीलाई प्राप्त नतिजामा चित्त नबुझे यसको लागि पहिले पुनर्योग अनिवार्य गरिनु पर्ने हुन्छ ।
त्यसपछि मात्र उत्तरपुस्तिका पुनः परिक्षणको निवेदन दिनु पर्ने बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बताए । उनले पुस ४ गतेदेखि नै देशभरिका प्रदेश र शाखा कार्यलयहरुमा कक्षा ११ को उत्तरपुस्तिका पुनःपरिक्षण निर्देशिका कार्यन्वयनको लागि निर्देशन जारी गरिसकेको बताए ।
उनले परीक्षामा पारदर्शिता र उत्तरपुस्तिका परीक्षहरुलाई थप संवेदनसिल बनाउन यस्तो ब्यवस्था गरिएको दाबी गरे । मंसिर १२ गते प्रकाशित कक्षा ११ को अन्तिम परीक्षाको पुनर्योगको नतिजमा चित्त नबुझेका विद्यार्थीहरुले बोर्डले सूचना प्रकाशित गरेको १५ दिनभित्र तोकिएको प्रक्रिया पुरा गरि प्रति विषय २ हजार शुल्क सहित उत्तरपुस्तिका पुनःपरीक्षणको लागि बोर्डका सम्बन्धित प्रदेश परीक्षा कार्यालय वा शाखा कार्यालयहरुमा निवेदन दिनुपर्ने ब्यवस्था निर्देशिकामा गरिएको छ ।
नागरिकबाट





























प्रतिक्रिया