चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेसवुकमा गाली गरेको आरोपमा चितवनबाट एक जना पक्राउ परेका छन् । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका होटल व्यवसायी सुवोध श्रेष्ठलाई चितवन प्रहरीले पक्राउ गरेको हो ।
प्रचण्डलाई सामाजिक सञ्जाल गाली गलौज गर्ने हिसावले प्रधानले स्टाटस लेखेको भन्ने उजुरीको आधारमा प्रधानलाई आइतबार पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख एसपी सुशिलसिंह राठौरले जानकारी दिए । उनका बारेमा धेरै पहिल्यैदेखि प्रहरीले चासो दिइरहेको थियो ।
प्रधानले अति नै गालीगलौज गरेर स्टाटसहरु लेख्ने गरेको गुनासो पहिल्यैबाट आउने गरेको प्रमुख राठौरको भनाई छ । पक्राउ परेका प्रधानसँग आवश्यक सोधपुछ भईरहेको एसपी रौठारले बताए ।
पक्राउ परेका प्रधान होटल सेन्ट्रल पाम र साराङ वाइल्डलाइफ रिसोर्टका प्रमुख एवं तरुण दलका पूर्वकेन्द्रीय सदस्य समेत हुन् ।































प्रतिक्रिया