५८ प्रतिशत गर्भपतन असुरक्षित

५८ प्रतिशत गर्भपतन असुरक्षित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

गर्भपतन गराउने सय जना मध्ये ५८ महिलाले असुरक्षित ढंगबाट गर्भपतन गराउने गरेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महिलाले गर्ने गर्भपतनमध्ये ४२ प्रतिशतले मात्र सुरक्षित विधि प्रयोग गर्ने गरेका छन् । मन्त्रालयका अनुसार गर्भपतन गराउने सय जनामध्ये ४२ जनाले मात्र सुरक्षित विधि अपनाउने गरेका हुन् ।

नेपाल कानुन र चिकित्सकका अनुसार १२ साताभन्दा बढीको गर्भ, आवश्यक तालिम नलिएका वा अनुमति नलिएका स्वास्थ्यकर्मीबाट हुने र जोखिमपूर्ण विधिबाट गर्भाशयमा रहेको भ्रुण नष्ट गर्ने कार्य असुरक्षित गर्भपतन हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २०७४,७५ मा मात्र ८० हजार ६७२ जनाले गर्भपतन गराएका छन् । ती मध्ये २ हजार १६५ जना २० वर्ष भन्दा मुनिका किशोरी छन् । सरकारी तथ्यांकले २० वर्ष मुनिका किशोरीको गर्भपतन दर झन् भयावह देखाएको छ । यो तथ्यांक मध्ये अधिकांश महिला असुरक्षित हुने चिकित्सकहरू बताउँछन् । गर्भपतन गराउने मध्ये २५ प्रतिशत २० वर्षमुनिका रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

२० वर्षमुनिका मध्ये झन्डै सत प्रतिशतले इच्छा नै नभएको गर्भलाई सुरक्षित तरिकाले गर्भपतन गराउन सूचीकृत नभएको स्थानमार्फत असुरक्षित ढंगबाट गर्भपतन गराएको सरकारकै तथ्यांकले देखाएको छ । सुरक्षित गर्भपतन सेवा कार्यक्रम कार्यविधि निर्देशिका २०७३ ले गर्भवती महिलाको लिखित मन्जुरीमा सूचीकृत स्वास्थ्यकर्मीद्वारा सूचीकृत स्वास्थ्य संस्थामा प्रचलित कानुनले तोकेको परिधिभित्र रहेर प्रदान गरिने गर्भपतन सेवालाई मात्र सुरक्षित गर्भपतन सेवा मानेको छ ।
राजधानीबाट

Logo