मेरो विरोध गर्नेहरुले केही पनि बिगार्न सक्दैनन् : प्रधानमन्त्री ( भिडियो सहित )

मेरो विरोध गर्नेहरुले केही पनि बिगार्न सक्दैनन् : प्रधानमन्त्री ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सांस्कृतिक सम्पदाको वैभवको मुख्य चूरो नेवारी कला र संस्कृति नै भएको बताउनुभएको छ ।

पन्ध्रौ ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषद्वारा आज बसन्तपुरमा आयोजित कार्यक्रममा उहाँले नेपाली कला र संस्कृति भनेको नेपाल भाषा र संस्कृति नै हो भन्नुभयो ।

हाम्रा कला, संस्कृति, गौरवलाई खेर जान नदिने प्रण गर्दै प्रधामन्त्री ओलीले सबै भाषाभाषी मिलेर नेपाल बनेकाले विविधताको संरक्षण गर्नेमा सबै पक्ष सजग र सचेत हुनुपर्छ भन्नुभयो ।

उहाँले सम्पूर्ण नेपालाई गौरव, सामनजस्य, पारस्परिक सहयोग, सम्मानका साथ एकता र एकरुपता कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “इतिहासको संरक्षण गर्दै विकासको बाटोमा अघि बढनुपर्छ, हामीलाई आधुनिक नेपाल चाहिएको छ, गौरवपूर्ण इतिहास झल्कने नेपालको विकास गर्नुपर्छ ।”

पुरातत्वलाई ध्यानमा राखेर नयाँ निर्माण गर्नुपर्ने बताउँदै उहाँले काठमाडौँमा जताबाट हेरेपनि देखिने धरहरा दुइै वर्षभित्र बन्ने विश्वास दिलाउनुभयो । सरकार सुशासन र विकासको नयाँ यात्रामा अघि बढिरहेको बताउँदै प्रधामन्त्री ओलीले भन्नुभयो, “विकासलाई अघि बढाउने संकल्प गरेका छौँ, सरकारलाई अलोकप्रिय बनाउने कोसिस भइरहेको छ, तर देशको हित र स्वाभिमानको पक्षमा उभिने अठोटका साथ अघि बढेकाले कसैले केही विगार्न सक्दैन ।” हेरौं भिडियोमा :

Logo