दाङ बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत ( नाम सहित )

दाङ बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत ( नाम सहित )

केन्द्रबिन्दु
0
Shares

दाङ

शुक्रबार साँझ दाङमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुलेको छ । दुर्घटनामा २३ जनाको मृत्यु भएको थियो भने दर्जन भन्दा वढी घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा दाङका बस चालक घोराही उपमहानगरपालिका वडा नम्बर ३ का २६ बर्षिय मदन खत्री क्षेत्री, शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ बर्षिय प्रदिप घिमिरे, सहचालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का २२ बर्षीय गणेश बिक, विद्यार्थीहरु घोराही उपमहानगरपालिका १४ का १९ बर्षिय विजय घर्ती, बबई गाउँपालिका ५ का २१ बर्षिय कबिता खत्री, दंगीशरण गाउँपालिका १ का २० बर्षिय सञ्जीत रत्गैयाँ रहेका छन् ।

यसैगरि जुम्ला चन्दननाथ नगरपालिका ६ का १६ बर्षिया कुसुम रावल, जुम्ला चन्दननाथ नगरपालिका ३ का १७ बर्षिय हिम्मत बोहोरा, जुम्ला कन्का सुन्दरी गाउँपालिका ५ का २० बर्षिय विरेन्द्र कडारा , जुम्ला हिमा गाउँपालिका ५ का १७ बर्षिया शैलजा शाही, जुम्ला चन्दनथान १० का १८ बर्षीय रुपेश शाही, जुम्ला चन्दननाथ १४ का १७ बर्षीय रितेन्द्र शाही, जुम्ला चन्दननाथ ५ का देवीप्रसाद उपाध्याय, जुम्ला तिला गाउँपालिका १ का जंगबहादुर बिक, जुम्ला चन्दननाथ ३ का १८ बर्षका अर्जुन शाही, जुम्ला चन्दननाथ १० का बिपना खत्री , जुम्ला तिला गाउँपालिका ३ का रमेश उपाध्याय रहेका छन् ।

यसैगरि शिक्षक रुकुम भुमे गाउँपालिका ६ का २८ बर्षिय नरेश वली , डोल्पा जग्दुला ७ का १६ बर्षीय गजेन्द्र ऐरी, जाजरकोट भेरीगंगा नगरपालिका ४ का १७ बर्षिय आतिस नेपाली, कन्चनपुर कृष्णपुर नगरपालिका ५ का १७ बर्षीय खेमराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिकाका १७ बर्षीय महेश जोशी, बाजुरा बुढिगंगा १० का लोकेन्द्र रावलको दुर्घटनामा परि मृत्यु भएको हो । दुर्घटनाका परि १९ पुरुष र ४ महिलाको मृत्यु भएको थियो ।

पहिचान भएका शवहरु आज वा भोली विहान सम्म आफन्तको जिम्मा लगाइने बताइएको छ । वस दुर्घटनामा घाइते भएका १४ जनाको उपचार भइरहेको छ ।

Skip This
Skip This
Logo