मोहन वैद्य चढेको गाडी दुर्घटनामा

मोहन वैद्य चढेको गाडी दुर्घटनामा

केन्द्रबिन्दु
0
Shares

नेकपा क्रान्तिकारी माओवादीका राष्ट्रिय अध्यक्ष मोहन वैद्य ‘किरण’ चढेको गाडी दुर्घटनामा परेको छ ।  वैद्यलाई भने सामान्य चोट लागेको छ।

रौतहटको चन्द्रपुर नगरपालिका-१ स्थित पौराई सडक खण्डमा अध्यक्ष वैद्य सवार बा३च ८४७० नम्बरको गाडीले शुक्रबार राती राजमार्गमा रोकिराखेको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख २८९५ नम्बरको ट्रक सो सडकमा रोकिरोखेको र सोही दिशाबाट आउँदै गरेको अटो मारुती ट्रकको पछाडिको भागमा ठोकिँदा दुर्घटना भएको हो ।

मारुतीमा सवार बाँके कोहलपुर नगरपालिकाका ४१ वर्षका वीरेन्द्र शाही तथा चालक सोही स्थानका मानबहादुर चदारा घाइते भएका छन्।  उनीहरुको चन्द्रनिगाहपुर हस्पिटल प्रालिमा उपचार भएको छ। दुर्घटनामा परेको कारमा भने क्षति पुगेको प्रहरीले बताएको छ ।

Logo