सर्वोच्च अदालतबाट बलपूर्वक संविधानको व्याख्या नहुने वरिष्ठ अधिवक्ता भट्टराईको विश्वास

सर्वोच्च अदालतबाट बलपूर्वक संविधानको व्याख्या नहुने वरिष्ठ अधिवक्ता भट्टराईको विश्वास

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतले बलपूर्वक नभई सरल र सहज तरिकाले संविधानको व्याख्या गरी प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा फैसला गर्ने विश्वास व्यक्त गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता भट्टराईले सर्वोच्च अदालतबाट विश्व जगतलाई नै आश्चर्यमा पार्ने गरी बलपूर्वक संविधानको व्याख्या नहुने तर सरल र सहज व्याख्या हुने विश्वास रहेको बताएका हुन्। संसद विघटन विरुद्धमा प्रधानमन्त्री केपी शर्मा ओली बाहेक सम्पूर्ण नेपाली नागरिकहरु, प्रेस, नागरिक समाज, लिगल कम्युनिटी रहेको पनि बताए।

संसारका कानूनविदहरुले नेपालको घटनालाई नजिकबाट हेरिरहेकाले सर्वोच्च अदालतबाट बलपूर्वक संविधानको व्याख्या नहुने बताए। संविधानको सपथ खाएर न्यायाधीश बनेका न्यायाधीशहरु संवैधानिक इजलाशमा रहेकाले उनीहरुले आफूले खाएको सपथ विपरित हुने गरी फैसला गर्नुहुन्छ भन्ने कल्पना समेत गर्न नसकिने भट्टराईको भनाइ छ ।

Logo