तुइन चढेर कार्यालय जान्छन् जनप्रतिनिधि

तुइन चढेर कार्यालय जान्छन् जनप्रतिनिधि

केन्द्रबिन्दु
0
Shares

हुम्ला

तुइनको भरमा कर्णाली तरेर हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष कार्यालय आवतजावत गर्दै आएका छन् । उनीसँगै तीनवटा वडाका बासिन्दा मात्र होइन, छिमेकी विभिन्न गाउँपालिकाका जनप्रतिनिधि पनि तुइनमै कर्णाली वारपार गर्छन् ।

गाउँपालिका कार्यालय आवतजावत गर्न तुइनकै भर रहेको स्थानीय बासिन्दा मक्क रोकायाले बताए । ‘कर्णाली नदीमाथि तुइनमा यताउता गर्दा डर त लागिहाल्छ नि , आङ सिरिङ हुन्छ,’ रोकायाले भने । दैनिक बिहान–बेलुका तुइनमा आवतजावत गर्दा समस्या हुने गरेको उनले बताए ।

बिरामी र बालबालिकालाई तुइनमा ओहोरदोहोर गराउँदा झन् समस्या हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । बालबालिका ढिलो गरी घर आउँदा नदीछेउमै पुग्ने गरेको स्थानीय रोकायाले सुनाए । ‘तुइन चुडिँइहाल्यो कि, केही भइहाल्यो कि भन्ने चिन्ता हुन्छ,’ उनले भने ।

कर्णाली नदीमा पुल निर्माणका लागि स्थानीय बासिन्दाले जिल्लाका सबै सांसद तथा नेतालाई गुहार्दै आएका छन् । गाउँपालिकामा त हरेक दिन आग्रह गर्छन् । तैपनि कसैले वास्ता नगरेको उनीहरूको गुनासो छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo