तत्कालिन एसपीसहित १८ प्रहरीलाई कारबाही हुने : निर्मला हत्या प्रकरण

तत्कालिन एसपीसहित १८ प्रहरीलाई कारबाही हुने : निर्मला हत्या प्रकरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

कञ्चनपुरको भीमदत्तनगर नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा १८ जना प्रहरी कारबाहीमा पर्ने भएका छन् । निर्मला प्रकरणको अनुसन्धानमा भएको लापरबाहीको छानबिन गर्न गत भदौ ३१ गते एआइजी धीरु बस्न्यातको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले १८ जना प्रहरीमाथि विभागीय कारबाहीको सिफारिस गरेको हो ।

बस्न्यात नेतृत्वको समितिले निर्मला प्रकरणको अनुसन्धानमा लापरबाही गरेको ठहर गर्दै हाल बर्खास्त जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टसहित १८ जनामाथि कारबाहीको सिफारिस गरेको हो ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीका अनुसार कारबाहीमा पर्नेहरुमा एकजना एसपी, दुईजना डिएसपी, तीनजना इन्स्पेक्टर, चारजना सई, तीनजना हवलदार र पाँचजना सिपाही रहेका छन् ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo