टिपरको ठक्करबाट एक जनाको मृत्यु

टिपरको ठक्करबाट एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बाँके

टिपरको ठक्करबाट विहिबार बर्दियाको बढैयाताल–८ कण्ठपुर चोकमा एक जनाको मृत्यु भएको छ ।

नेपालगञ्जबाट तारातालतर्फ जाँदै गरेको भे १ क ९८८ नं. को टिपरको ठक्करबाट बढैयाताल गाउँपालिका–८ मयुर बस्तीका ६० वर्षीय मोतिलाल चौधरीको मृत्यु भएको हो । घरतर्फ फर्कँदै गरेका उनको तीव्रगतिमा आएको सो टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । चालक गेरुवा गाउँपालिका–३ का ३५ वर्षिय सुनील चौधरीलाई इलाका प्रहरी कार्यालय मैनापोखरले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताउनुभयो ।

दुर्घटनामा एक जनाको मृत्यु 

यता सुनसरीको कोशी गाउँपालिका–३ जुधगञ्जमा मोटरसाइकल दुर्घटनामा परी विहिबार नै एक जनाको मृत्यु भएको छ ।

कोशी गाउँपालिका–६ श्रीपुरजब्दीका महेश खङ्गको दुर्घटनामा परी मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प ७७१७ नंको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा खङ्ग गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो ।
रासस

Skip This
Skip This
Logo