नेपाल प्रहरीले ल्यायो १ करोड बराबरको अत्याधुनिक फरेन्सिक इन्भेस्टिगेसन भ्यान

नेपाल प्रहरीले ल्यायो १ करोड बराबरको अत्याधुनिक फरेन्सिक इन्भेस्टिगेसन भ्यान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रहरीले अत्याधुनिक फरेन्सिक इन्भेस्टिगेसन भ्यान भित्र्याएको छ । काठमाडौं उपत्यकाभित्र हुने अपराधिक गतिविधिको अनुसन्धानलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले मोबाइल फोरेन्सीक इन्भेस्टिगेसन भ्यान भित्र्याएको हो ।

उक्त भ्यानलाई बिहीबार आयोजित एक कार्यक्रमकाबीच महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय अपराध अनुसन्धान महाशाखालाई हस्तान्तरण गरेका छन् ।

भ्यानमा घटनास्थलमा प्रयोग हुने विभिन्न सामाग्रीहरु राखिएको छ । भ्यानमा भएको उपकरण प्रयोगबारे १० जना प्रहरीलाई आधुनिक तालिमसमेत दिएको छ ।

कञ्चनपुरकी निर्मला पन्तको घटनामा प्रहरीले लापरवाही गरेको घटनालाई मध्यनजर गर्दै प्रहरीले आधुनिक भ्यान ल्याएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

गाडीको ९६ लाख रुपैयाँ र गाडीभित्र अनुसन्धानमा प्रयोग हुने ४६ लाख रुपैयाँ बराबरको सामाग्री रहेको एसएसपी सुवेदीको भनाई छ ।

Logo