प्रहरीले राजधानी काठमाडौँबाट ८१ जना पाकेटमारहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३ जना युवतीसमेत छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले मंसिर १५ गतेबाट सुरु गरेको पकेटमारविरुद्धको अप्रेशनका क्रममा उनीहरु पक्राउ परेको हो। काठमाडौंका एससपी वसन्त लामाले काठमाडौंमा पाकेट मार्ने क्षेत्र पहिचान गरी ती क्षेत्रलाई निगरानीमा राखिएको बताए।
प्रहरीका अनुसार काठमाडौंका गोंगबु, बालाजु, महाराजगन्ज, धापासी, भद्रकाली चोक, बौद्ध, कपन, जोरपाटी, बानेश्वरलगायतका क्षेत्रमा पकेटमार समूह नै बनाएर सक्रिय हुँदै आएका छन् । उनीहरुले सार्वजनिक यातायातमा घेराबन्दीमा पारि मौका छोपेर चोरी गर्ने गरेको पाइएको छ ।
प्रहरीले पक्राउ पर्नेहरुबाट बरामद गरिएको ५ लाख ९६ हजार पीडितलाई फिर्ता गरेको छ । दाङको घोराहीमा बस्ने धनीमान रोकामगरको न्युरोडबाट लुटिएको १ लाख ९ हजार पकेट मार्दामादै पक्राउ गरी फिर्ता गरेको छ ।
त्यस्तै प्रहरीले ३९ थान मोबाइल, ४ थान आइप्याड, ५ थान ल्यापटप लगायतका सामानहरु समेत बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि थप आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ ।
पकेटमारले प्रयोग गर्ने कोड भाषा
पैसा– द
मोबाइल– कान
पकेटमारी पीडित– रामे
पकेटमारी गर्ने मास्टर– काशी
पैसा धेरै छ– टानको द,
पैसा थोरै छ– जुटको द
गाडी– काँचा
केटा– छापा,
केटी– भद्री
पुलिस आयो– ठूल्दाइ आयो
ड्राइभर– माम
खलासी– मले
गाडीबाट झरेर भाग्– टप्की
गाडीभित्र अगाडि सर्– अकल जा
गाडीभित्र पछाडि सर्– चिछल जा





























प्रतिक्रिया