कञ्चनपुर । लालपुरपुस्थित नेपाल विद्युत प्राधिकरण लालपुर सबस्टेशनका सुरक्षागार्ड चन्द्रदेव भट्टको हत्या भएको आशंका प्रहरीले ५ जना कर्मचारीलाई पक्राउ गरेको छ ।
आइतबार ट्रान्सफरमा जलेर भएको मृत्युबारे अनुसन्धानका लागि प्रहरीले ५ जना कर्मचारी पक्राउ गरेको हो । पक्राउ पर्नेमा कार्यालय प्रमुख पदम चन्द, तिलक स्वाँर, मिनराज भट्ट, महेश शाह र कमल सिंह बडू रहेको कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतले जानकारी दिए ।
आफन्तले हत्याको आरोप लगाइरहे र अनुसन्धान गर्न केहीलाई नियन्त्रणमा लिईएको उनको भनाई छ । शनिबार राति ड्युटीमा रहेका भट्ट सबस्टेशनको ठूलो ट्रान्सफरमरमा आइतबार बिहान मृत भेटिएमा थिए ।
उनको पूरै शरीर जलेको अवस्थामा पाइएको थियो । भीमदत्त नगरपालिका–१९ बाँगफाँटा निवासी भट्टका आफन्तले भट्टको हत्या भएको आरोप लगाउँदै दोषीको पहिचानको माग राखी पूर्व–पश्चिम राजमार्गको लालपुर सडकखण्ड अवरुद्ध पारेका छन् ।
आफन्तले शव पनि उठाएका छैनन् । कञ्चनपुरका एसपी कडायतले आफन्तले किटानी जाहेरी दिने तयारी गरेकोले त्यसपछि थप अनुसन्धान हुने बताए ।





























प्रतिक्रिया