मौसममा बदली, उपत्यकासहित पूर्वी भागमा वर्षाको सम्भावना

मौसममा बदली, उपत्यकासहित पूर्वी भागमा वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बंगालको खाँडी हुँदै उत्तर पश्चिमतिर फैलिरहेको सामुद्रीक आँधीका कारण नेपालको मौसममा बदली भएको छ । पेथाई नाम दिईएको आँधीको प्रभावले नेपालमा सोमबार र मंगलबार मौसममा बदली भएको हो ।

सोमबार बिहानदेखि राजधानीसहित देशका पूर्वी भागमा धुम्म बादल लागेको छ। बादल लागेसँगै उपत्यकाको तापक्रम पनि घटेको छ । सोमबार उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरूण पौडेलले जानकारी दिए।

पेथाई आँधीको प्रभावका कारण काठमाडौंसहित पूर्वी भागमा हल्का वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको पौडेललेको भनाई छ । बुधबारदेखि मात्र्रै मौसममा सुधार आउने देखिएको छ ।

Logo