घरेलु हिंसा कसरी कम गर्ने ? यस्ता छन् उत्तम उपाय

घरेलु हिंसा कसरी कम गर्ने ? यस्ता छन् उत्तम उपाय

केन्द्रबिन्दु
0
Shares

२१ औ शताब्दीमा पनि महिलाहरु आफ्नो पुरै सामथ्र्यको हासिल गर्न सकेका छैनन् । महिलाहरुको शिक्षा र सशक्तिकरणको लागि विभिन्न अभियान हुने गरेको छ ।

घरेलु हिंसामा कमि ल्याउनको लागि रुवान्डामा एक ग्रासरुट्स इन्टरवेसन कार्यक्रममा पुरुषहरुलाई घरेलु काम सिकाईरहेका छन् । हालै भएको एक अध्ययनमा यस पहलले समाजमा सकारात्मक असर परिरहेको छ ।

मुहोजा जीन पियरेले आफ्नो श्रीमतीलाई पिट्थे । उनको लागि विवाहको अर्थ केबल श्रीमतीले बच्चा जन्माउनु र उनीहरुको हेरचाह गर्नुमात्र थियो । उनले भने, ‘म आफ्नो बुवाको अनुसरण गरिरहेको थिए । मेरो बुवा घरमा केहि काम गर्दैनथे । जब म घरमा आउँथे, कुनै काम अधुरो भएको पाएमा श्रीमतीलाई गाली गर्थे । उसलाई अल्छी, बेकामे भन्थे र उसलाई आफ्नो माइत जान भन्थे ।’

ग्रासरुट इन्टरवेसन कार्यक्रमः
तर मुहोजा जीन पियरेमा बदलाव आयो । उनले खाना पकाउन र सफाई गर्न सिके । यो रुवान्डाको पुर्वी प्रान्तमा मुलियरस्थित गाँउमा एक ग्रासरुट इन्टरवेसन कार्यक्रमको भाग थियो । जसमा पुरुषले बच्चाको रेखदेख र घरेलु कामको लागि प्रोत्साहन गरिन्छ ।

जीन पियरेलाई यस कार्यक्रमले नै बदल्यो । उनी त्यस कार्यक्रममा जान्थे, जसमा खाना पकाउने र सफाई गर्ने देखि लिएर लिंगमा आधारित पारम्परिक भुमिकाहरुको बदल्ने बारेमा सिकाइन्थ्यो ।

के भयो फाइदाः
जीन पियरेमा धेरै कुरा परिवर्तन भइसकेको छ । बच्चासँग आत्मियता बढेको छ । श्रीमतीसँग कुनै गुनासो छैन् । दुवैजना मिलेर काम गर्छन्, त्यसकारण परिवारको आम्दानी बढेको छ । दुवैजना सल्लाह नगरिकन केहि काम गर्दैनन् । श्रीमतीलाई स्वतन्त्र छोडिदिएका छन् ।
उता श्रीमती पनि असाध्यै खुशी छिन् । एक अर्काप्रति प्रेम बढेको छ । श्रीमान प्रतिको व्यवहार बदलिएको छ । पहिला नराम्रो व्यवहार गर्थे । किनभने उनलाई श्रीमानले दुव्र्यवहार गर्थे ।

डर र स्वतन्त्रताः
जीन पियरेको श्रीमती डेलफिनलाई स्वतन्त्रता थिएन र पल पल डराएर जिउन बाध्य थिइन् । उनलाई लाग्थ्यो उ त्यस घरको मजदुर हुन् तर उनी फेरि सोच्थिन् मजदुरले पनि काम गरेवापत तलव पाउँछ ।

उनलाई लाग्थ्यो महिलासँग कहिले पनि धन हुन सक्दैन । धन कमाउने किसिमको काम गर्न महिलाहरुलाई छुट हुँदैन् र श्रीमानको कमाई खानको लागि सबैथोक सहेर बस्नुपर्छ ।

महिला र पुरुष बराबरीः
यस योजनाको कार्यक्रम मूल रुपमा ल्याटिन अमेरिकामा मेनकेयर नामक वैश्विक पितृत्व अभियानद्धारा तयार गरिएको थियो । यस संस्थाका अनुसार महिला पुरुषमा असली बराबरी तव मात्र आउँछ, जव पुरुष बच्चाहरुको हेरचाह गर्छन, घरेलु काम गर्छन् ।

यस योजनामा भाग लिने दम्पतीहरुको एक अध्ययनमा रुवान्डामा बच्चाहरुको हेरचाह गर्न २ वर्षसम्म सिक्ने पुरुषहरुमा महिलाहरु प्रति घरेलु हिंसामा अरु पुरुषहरुको (प्रशिक्षण नलिएको) तुलनामा कम पाइएको थियो ।

विवाहको १० वर्षपछि हनिमुनः
केन्द्रको अध्यक्ष फिदेल रुतायिसारको अनुसार, ‘हाम्रो सामाजिक परम्परा अहिलेसम्म नकारात्मक छ । पुरुषत्वको बारेमा नकारात्मक सोच छ र सांस्कृतिक रोकावट छ । यो रुवान्डाको महिलाहरु प्रति हिंसाको उच्च दर मुख्य कारण हो ।’

परम्परागत रुपबाट नै पुरुष बच्चाको हेरचाह गर्दैनन्, यौन सम्बन्ध, निर्णय लिने अधिकार अहिले पनि पुरुषको एकाधिकार छ । जब पुरुष सक्रिय रुपमा बच्चाहरुको हेरचाह गर्छन्, विपरित लिंगी प्रति उनको व्यवहार सकारात्मक रुपबाट बदलिन्छ र उनीहरु लिंगको आधारमा बराबरीका महत्व बुझ्दछन् ।

डेलफिन र जीन पियरेको लागि यस कार्यक्रम उनीहरुको परिवारको लागि निकै फाइदाजनक साबित भएको छ । उनीहरु भन्छन्, ‘विवाहको १० वर्षपछि हामी हनिमुन मनाउदैछौ ।’

Logo