कञ्चनपुर । नेपाल विद्युत प्राधिकरण लालपुर सव स्टेशनमा कार्यरत एक सुरक्षागार्डको करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर अन्दाजी ४५ वर्षीय सुरक्षागार्ड चन्द्रदेब भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
के कसरी करेन्ट लागेकोबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले जानकारी दिए ।घटनालाई प्रहरीले आशङ्का व्यक्त गर्दै प्रारम्भिक अनुसन्धानका लागि तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
मृतकका आफन्त र स्थानीयवासीले भट्टको मृत्यु शङ्कास्पद भएको भन्दै पूर्व–पश्चिम राजमार्गको लालपुर खण्डमा अवरोध पुर्याउनुका साथै शव उठाउन दिएका छैनन् ।
विगत आठ वर्षदेखि सुरक्षागार्डका रूपमा त्यहाँ कार्यरत मृतक भट्टले आज घटना हुनु अघि बिहान सव–स्टेशनका प्रमुख कमलसिंह स्वारसँग बसेर चिया खाएको स्थानीयवासी चिया पसल सञ्चालक नरेन्द्र साउदले जानकारी दिए । स्थिति तनावपूर्ण बन्ने देखिएपछि लालपुरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।





























प्रतिक्रिया