काठमाडौँ
चालू आर्थिक वर्षको बजेटमा कर्णाली, गण्डकी र कोसीमा पानीजहाज सञ्चालनको अध्ययन गर्ने योजना छ । प्रधानमन्त्रीले त संसदमा बोल्दै पुससम्म स्टिमर चल्ने घोषणा गर्दै सांसदहरूलाई निम्तासमेत दिएका थिए ।
तर विडम्बना हालसम्म नेपालले जलमार्ग सञ्चालन गरिने भनिएका नदीको स्थलगत अध्ययनसमेत गरेको छैन । नेपालमा पानीजहाज सञ्चालनको अध्ययन गर्न बनेको ‘इनल्यान्ड वाटर वेज’ (आन्तरिक जलमार्ग) अध्ययन समितिका प्रतिनिधि हालसम्म पनि तीन नदीको भ्रमणमा गएका छैनन् ।
प्रधानमन्त्रीको घोषणालाई आधार मान्ने हो भने यतिवेला नेपालका नदीमा जलमार्ग सञ्चालनका लागि संरचना निर्माण भइसकेको हुनुपर्ने हो, तर हालसम्म यसका लागि न कानुन बनेको छ, न संरचना बनेको छ, न त पूर्वाधार निर्माण नै भएको छ । केवल अध्ययन समितिले अध्ययन र अवलोकन गर्ने काम मात्रै गरेको छ ।
बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी ओलीले गत १५ असारमा भनेका थिए, ‘पानीजहाजको कुरा गर्दा बाल्टीमा पानी राखेर डुंगा चलाउँदै उडाएका छन्, अब हिँड्दाहिँड्दै हनुमाननगरबाट पानीजहाज चल्छ । दुई वर्ष अघि म प्रधानमन्त्री हुँदा नै बोलेको हुँ । सन् २०१८ सम्म भ्याइएन भने ठीकै छ, सन् २०१९ को पुस १६ लाग्ला । तर स्टिमर चढेर कोलकातासम्म जान निम्ता छ साथीहरूलाई ।’
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया