कोलकातामा बरामद ३३ केजी सुन नेपालबाट गायब भएको दाबी

कोलकातामा बरामद ३३ केजी सुन नेपालबाट गायब भएको दाबी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपालबाट गायब भएको साढे ३३ केजी सुन र सनम शाक्य हत्यामा फरार रहेका अभियुक्तको नाम र भारतको कोलकातामा ३३ केजी सुन सहित पक्राउ परेका दुई नेपाली नागरिकको नाम एउटै भएको पाइएको छ ।

गृह मन्त्रालयका अनुसार भारतको कोलकातास्थित डाइरेक्टोरियट अफ रेभिन्यु इन्टेलिजेन्स (डिआरआई) ले २१ मंसिरमा ३३ केजी सुन सहित नेपाली नागरिक राकेशप्रसाद र हेमप्रसाद शर्मालाई पक्राउ गरेको थियो । उनीहरू दिल्ली कोलकाता हाइवेमा पर्ने दन्कुनी टोल प्लाजाबाट मारुती स्विफ्ट भिएक्सआई कारसहित पक्राउ परेका थिए । गृहले कोलकातामा बरामद सुन नेपालबाट गायब ३३ केजी सुन नै रहेको दाबी गरेको छ ।

सरकारले गत २० चैत ०७४ मा गठन गरेको उच्चस्तरीय विशेष अनुसन्धान समितिका तत्कालीन संयोजक ईश्वरराज पौडेलले ३३ केजी सुनसँगै कोलकातामा पक्राउ परेका दुई नेपालीको नामसँग सनम शाक्य हत्यामा फरार रहेका अभियुक्तको नाम मिलेको बताए ।

गृह मन्त्रालयका अनुसार कोलकातामा बरामद सुन दुबईबाट भित्रिएको र सुनसँगै पक्राउ अभियुक्त इटहरीका स्थानीय रहेको खुलेको छ । सनम शाक्य हत्यामा संलग्न भनिएका अधिकांश अभियुक्त धरान र इटहरी क्षेत्रकै छन् । उनीहरूले दुबईबाट नेपाल भित्रिएकै सुन तस्करी गर्थे । समितिका संयोजक पौडेलले पनि यो तथ्यलाई स्वीकार गरे । ‘साँढे ३३ केजी सुनसँग जोडिएका अधिकांश अभियुक्त धरान, सुनसरी, इटहरी क्षेत्रका छन् । उनीहरूले दुबईबाट ल्याइएका सुन नै तस्करी गर्थे । कोलकातामा बरामद सुनको होलोग्राम हेर्दा दुबई नै देखिन्छ,’ उनले भने ।
नयाँ पत्रिकाबाट

Logo