कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका– ९ रमुवादहमा २० किलो चरेश सहित एक जना पक्राउ परेका छन् । उमरीबाट रमुवादह आउँदै गरेका ३ जना व्यक्तिमाथि शंका लागि चेकजाँच गर्दा रोल्पा लिवाङ नगरपालिका– ६ चेईवाङ का २९ बर्षीय रमेश बुढा चरेस सहित पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय सुन्दरी डाँडाबाट खटिएको गस्ती टोलीले बिहीवार मध्यरातमा खानतलासीका क्रममा बुढालार्इ पक्राउ गरेको प्रहरी नायब उपरिक्षक रबि रावलले बताए । अन्य २ जना भने फरार भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको रावलले बताए ।
नागरिकबाट





























प्रतिक्रिया