इञ्जिनीयरको निर्वाचन सम्पन्न : मतगणना आज देखि हुने

इञ्जिनीयरको निर्वाचन सम्पन्न : मतगणना आज देखि हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल इञ्जिनीयर्स एशोसिएशनको नयाँ नेतृत्वको लागि ३२ औँ कार्यकारिणी समितिको निर्वाचन शुक्रबार सकिएको छ । काठमाडौँ लगायत देशभरि बिहान ८ बजेबाट शुरु भएको निर्वाचन सम्पन्न भएको निर्वाचन समितिका सदस्य मदन तिमिल्सिनाले जानकारी दिनुभयो ।

तिमिल्सिनाका अनुसार शनिबार (आज) देखि मतगणना गरिनेछ । निर्वाचनमा प्रगतिशील र प्रजातान्त्रिक इञ्जिनीयर समूह प्रतिस्पर्धामा छन् । अध्यक्ष पदमा प्रगतिशीलबाट प्रा डा त्रिरत्न बज्राचार्य र प्रजातान्त्रिकबाट हीरण्यमान प्रधान चुनाव लड्नु भएको छ । केन्द्रीय कार्यकारिणी समिति र सातवटै प्रदेशमा प्रथम प्रादेशिक कार्यकारिणी समितिको निर्वाचन एकसाथ भएको हो । केन्द्रीय कार्यकारिणीको १८ तथा प्रादेशिक कार्यकारिणीका लागि सातवटै प्रदेशमा १६–१६ पदाधिकारीका लागि निर्वाचन भएको हो ।
रासस

Skip This
Skip This
Logo