महोत्तरी । विवाहित महिलालाई ब्ल्याकमेलिङ गर्ने क्रममा एक जनाको हत्या भएको छ । प्रेमीसँग भेटेकी महिलालाई यौन प्रस्ताव राख्दैं ब्ल्याकमेलिङ गर्ने महोत्तरीको औरही–२, फुलबरियामा ४० वर्षीय बचु महतोको हत्या गरिएको हो ।
हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पक्राउ पर्नेमा स्थानीय २२ वर्षीया जितनीदेवी महतो, २४ वर्षीय सुशील सहनी र २२ वर्षीय अनिलकुमार ठाकुर रहेका छन् । उनीहरुले तिनै जना मिलेर गत बुधबार बचुको हत्या गरेका थिए ।
प्रेमीसँग भेटेपछि बचुले जितनीदेवीसँग यौन प्रस्ताव राख्दैं ब्ल्याकमेलिङ गर्दै आएका थिए । जितनीदेवीले त्यो कुरा आफ्ना प्रेमी सुशीललाई भनेकी थिईन् । तर उनले फेरि पनि ब्ल्याकिङ गर्न नछोेडेपछि अनिलकुमारसँग मिलेर घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या गर्ने तिनै जनालाई जिल्ला प्रहरीका कार्यालय महोत्तरीले शुक्रबार सार्वजनिक गरेको छ । उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
महोत्तरीको औरही–२ की विवाहित महिला जितनीदेवी स्थानीय सुशीलसँग प्रेम सम्बन्धमा थिईन् । दुईजना सँगै बसेको बेला गत सोमबार स्थानीय बचु महतोले देखेका थिए । त्यो देखेपछि जितनीको मोबाइलसमेत उनले खोसेर लगेका थिए ।
मंगलबारबाट बचुले जितनीसँग यौनसम्पर्कको प्रस्ताव राखेका थिए । त्यो कुरा उनले प्रेमी सुशीललाई सुनाएपछि अनिलकुमारलाई पनि लिएर २५ मंसिरमा बचु उखुबारीमा गएका बेला घाँटी थिचेर हत्या गरेका हुन् ।
घटना लगत्तै अनुसन्धान थालेको प्रहरीले जितनीदेवीलाई आफ्नै घरबाट पक्राउ परिन् भने सुशील भारततिर भाग्दै गर्दा महोत्तरीको मटिहानीबाट पक्राउ परेका थिए । ठाकुर भने सिन्धुलीबाट पक्राउ परेका हुन् ।





























प्रतिक्रिया