देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
सरकारको आधिकारिक वेबसाइट मन्त्रिपरिषद्को कि सञ्चारमन्त्रीको ?
गत जेठ १६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममार्फत मन्त्रिपरिषद्लाई ‘पेपरलेस’ बनाउने उद्घोष गरे । प्रधानमन्त्री ओलीले त्यसबेला ल्यापटप नजान्ने मन्त्रीहरुलाई ६ महिनाभित्र ल्यापटप नसिके बिदा दिने चेतावनी समेत दिए ।
नभन्दै गत साउन १० गते बसेको मन्त्रिपरिषद्को बैठक ‘पेपरलेस’ बन्यो । बैठकमा सहभागि सबै मन्त्रीहरुका अगाडि म्याकबुक देखियो । सोही फोटो आफ्नो फेसबुकमा शेयर गर्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालले लेखे, ‘मन्त्रिपरिषद् बैठक आजबाट कागजविहिन हुँदै ।’
पौने ३ लाखले नपाएको चौतारीको शेयर तपाईलाई पर्यो कि परेन ? यसरी हेर्नुहोस्
चौतारी लघुवित्तले निष्काशन गरेको आईपिओ आज वितरण गरिएको छ । बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालयमा शेयर वितरण गरिएको हो । शेयर पाउन योग्य २ लाख ७२ हजार ७ सय १७ आवेदक मध्ये गोलाप्रथाबाट ५६ हजार ७० जनाले समान १० कित्ताको दरले शेयर पाएका छन् ।
ईपीएलबाट बाहिरियो पोखरा
काठमाडौं किङ्सले पोखरा राइनोजलाई ५ विकेटले पराजित गरेको छ । काठमाडौंले १९.२ ओभरमा पोखराले दिएको १६६ रनको लक्ष्य पूरा गरेको हो । ईपीएलअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा पराजित भएसंगै पोखराको ईपीएल यात्रा टुंगिएको छ। काठमाडौंको जितका लागि आनन्द सुब्रमुनियम २७ रन जोडे ।
बाबर हायातले छक्का प्रहार गर्दा आयोजकको गाडीको सिसा फुट्यो
विराटनगरका लागि हङकङका खेलाडी बाबर हायातले प्रहार गरेको छक्काको बल लागेर आयोजक इपिएलका प्रवन्ध निर्देशक आमिर अख्तरको गाडीको सिसा फुटेको छ । चितवनले दिएको १९७ रनको विशास लक्ष्य पछ्याउने क्रममा विराटनगरका लागि तेस्रो नम्बरमा आएका हायातले प्रहार गरेको छक्काबाट अख्तरको गाडीको सिसा फुटेको हो।
नेकपाको सचिवालय बैठक पहिलो पटक आफ्नै कार्यालयमा
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक पहिलो पटक आफ्नै पार्टी कार्यालयमा बस्ने भएको छ। भोलि शनिबार बस्ने बैठक कार्यालय धुम्बाराहीमा बस्न लागेको हो। बैठकमा सांगठनिक एकता र सरकारका कामको समीक्षा पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए।यसअघि पार्टीका आन्तरिक बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटार हुने गर्थ्यो।
छुरा प्रहार गरी बुबाको हत्या, दाई गम्भीर घाइते, भाग्दै गर्दा पक्राउ
घरायसी विवादमा छोराले प्रहार गरेको छुरा लागेको बुबाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीका २२ वर्षीय चुनु मण्डलले छुरा प्रहार गर्दा बुबा शशी मण्डलको मृत्यु भएको हो । चुनुकै छुरा प्रहारबाट दाजु आकाश पनि घाइते भएका छन् ।
विभिन्न देशका ६५ रोजगारदाता कम्पनीमा नेपाली कामदार पठाउन रोक
सरकारले विभिन्न देशका ६५ रोजगारदाता कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाएको छ । सम्झौता अनुसार सेवा सुविधा नदिएको भन्दै सरकारले मलेसियाका ५२, संयुक्त अरब इमिरेट्स युएइका र साउदी अरेबियाका पाँच, पाँच र कतारका तीन वटा कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
आगलागीमा परि एकैघरका तीन बालबालीकाको मृत्यु
दाङमा आगलागीमा परि एकैघरका तीन बालबालीकाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका ८ गुराँसेस्थित नवराज पुनको दुई तले घर आगलागी हुँदा उनका छोरा सात वर्षीय कृष्ण पुन, छोरीहरु पाँच वर्षीया अस्मिता पुन र साढे दुई वर्षीया अन्जु पुनको मृत्यु भएको हो।
कोइला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु भएको आशङ्का
मफलर लगाउने ५ स्टाइल जसले तपाईको पर्सनालिटी निखार्छ
‘गोरी है गोरी’ मा छचल्कियो करिश्मा र मनिशको प्रेम (भिडियोसहित)
नेपाल आइडल सिजन–२ को फाइनल पुस ६ गते, कस्ले जित्ला उपाधी ?
अमेरिकी थुनामा सात वर्षीया बालिकाको मृत्यु
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।





























प्रतिक्रिया