नेपाली कांग्रेसको महासमिति बैठक एक दिन पछाडि धकेलिएको छ । (भोलि) शुक्रबारदेखि हुने भनिएको महासमिति बैठक शनिबार मात्रै गर्ने कार्यतालिका सार्वजनिक भएको हो ।
जारी पार्टी केन्द्रीय समिति बैठकमा सहमति नजुटेपछि महासमिति बैठक सारेको बुझिएको छ । तर कांग्रेसले सार्वजनिक गरेको कार्यतालिकामा भने शुक्रबारदेखि नै महासमिति बैठक हुने जनाएको छ। यस अघि शुक्रबार नै उद्घाटन कार्यक्रम हुने बताएको कांग्रेसले अब उद्घाटनको कार्यसूची शनिबार मात्रै तोकेको छ।
शुक्रबार देशभरबाट आएका १४ सय बढी महासमिति सदस्यहरूले केन्द्रीय कार्यालयमा नाम दर्ता गराउने कार्यतालिका छ । कार्यतालिका अनुसार शनिबार बिहान ११ बजे यगम्बर पार्टी प्यालेसमा बैठकको उद्घाटन शत्र शुरु हुनेछ ।
जारी कार्यसमिति बैठकमा पदाधिकारीको संख्या, निर्वाचन पद्धति, सभापतिको अधिकार लगायतका बिषयमा सहमति जुट्न सकेको छैन।































प्रतिक्रिया