विवेकशील साझाकी प्रदेश ३ संयोजकलाई कारवाही गर्न सिफारिस

विवेकशील साझाकी प्रदेश ३ संयोजकलाई कारवाही गर्न सिफारिस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विवेकशील साझा पार्टीकी प्रदेश ३ संयोजक समीक्षा बास्कोटामाथि कारवाही गर्न सिफारिस गरिएको छ । अनुशासन विपरीत आचरण गरेको भन्दै उनीमाथि आन्तरिक कारवाही सिफारिस गरिएको हो ।

केन्द्रीय सदस्य किशोर थापा प्रमुख रहेको पार्टीको स्वायत्त न्याय तथा सुशासन आयोगले गत श्रावण १८ र १९ गतेका घटनामाथि गरेको अनुसन्धानपछि दिएको प्रतिवेदनमा उनीमाथि कारवाही सिफारिस गरिएको हो ।

श्रावण १८ गते पार्टीको बखुन्डोलस्थित मुख्यालयको गेटमा केही पुरुष साथीहरुले गीत गाएर बास्कोटालाई हेर्दै हाँसेर अमर्यादित व्यवहार गरिएको विषयमा आयोगले पहिलो छानबिन गरेको थियो ।

छानबिनमा दावी गरिएअनुसार अमर्यादित घटना भएको नपाइएको प्रतिवेदनमा उल्लेख छ । यद्यपि, सो दिनको सीसीटीभी फुटेज भने आयोगलाई प्राप्त भएको थिएन ।

पार्टी संयोजक रवीन्द्र मिश्र र केन्द्रीय सदस्य थापाको उपस्थितिमा असन्तुष्ट समूहसँग भएको छलफलमा बास्कोटा बिना अनुमति प्रवेश गरेको र आक्रोशित मुद्रामा अभिव्यक्ति दिएको भन्ने विषयमा छानिबिन गरिएको थियो । यसमा बास्कोटालाई आयोगले दोषी ठहर गरेको हो । ‘उहाँमा पार्टीका मूल्य मान्यता (विनम्रता) को अभाव देखियो,’ प्रतिवेदनमा भनिएको छ ।

Logo