मन्त्रीहरूको भ्रमण मोह : चार महिनामै सके ७२ लाख

मन्त्रीहरूको भ्रमण मोह : चार महिनामै सके ७२ लाख

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

मन्त्रालयका कामलाई थाती राखेर मन्त्रीहरू जिल्ला भ्रमण गर्नेक्रम पछिल्लो समय बढेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७५र७६ मा मन्त्रीका लागि अनुगमन तथा मूल्यांकनमा १ करोड २३ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

सो मध्ये साढे चार महिनामै मन्त्रीहरूले ७२ लाख ६३ हजार ४४२ रुपैयाँ घुमेरै सकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

जिल्ला भ्रमणका क्रममा मन्त्रीहरूले भ्रमण तथा हवाई टिकटमा मात्रै ५४ लाख ५७ हजार ६४२ रुपैयाँ खर्च गरेका छन् भने दैनिक भ्रमण भत्ताबापत उनीहरूले १७ लाख ६५ हजार ८ सय रुपैयाँ राज्यकोषबाट बुझेका छन् । यस अवधिमा मन्त्रीहरूले मनोमानी रूपमा राज्यकोषबाट लाखौं रुपैयाँ खर्चेर २० पटकसम्म जिल्ला भ्रमण गरेका पाइएको छ ।

स्रोतका अनु्सार जिल्ला अनुगमनको बहानामा गएका मन्त्रीहरूको मुख्य काम भने राजनीतिक भेटघाट गर्नु र आफ्नै व्यक्तिगत काम फत्ते गर्नुमा नै बित्ने गरेको छ । तर उनीहरूले अनुगमन गरेको भन्दै कागज मिलाएर प्रतिवेदनसहित प्रधानमन्त्री कार्यालयमा रकम माग गर्ने गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा २४ जना मात्रै मन्त्री छन् । अहिले मन्त्रीको संख्या कम भए पनि उनीहरूको जिल्ला भ्रमण गर्दा भएको खर्च हेर्दा विगतमा ६४ जनाको जम्बो सरकारका मन्त्रीले गर्ने गरेको भ्रमणलाई समेत बिर्साइदिने गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
राजधानीबाट

Logo