बाजुरामा हिमपातपछि जनजीवन प्रभावित

बाजुरामा हिमपातपछि जनजीवन प्रभावित

केन्द्रबिन्दु
0
Shares

बाजुरा

बुधबार अपरान्ह्देखि यहाँ हिमपात र वर्षा शुरु भएको छ ।

जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगीन, आटीचौरका माथिल्ला दर्जन भन्दा बढी स्थानमा हिमपात शुरु भएको हो । हिमपातसँगै तल्लोक्षेत्र तिर चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।

अत्याधिक चिसोका कारण घरबाहिर निस्कनसमेत समस्या भएको स्थानीयवासी वुद्धि बोगटीले बताउनुभएको छ । चिसोका कारण जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिका लगायत सदरमुकाम मार्तडी र आसपासका स्थानीय बजार आङ्शिक बन्द छन् ।

हिमाली क्षेत्रमा भारी हिमपातले बाहिर निस्कनसमेत समस्या भइरहेको स्थानीयवासी प्रेम सार्कीले जानकारी दिनुभएको छ । चिसो छल्न बेसी झरेकालाई पनि दिनभर बढेको चिसोले समस्या परेको छ । चिसोबाट बालबालिका, महिला, वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले न्यानो भएर बस्न चिकित्सकले सुझाव दिएका छन् । आकाशे पानीको भरमा खेती गर्दै आएका किसान हिमपातसँगै वर्षा भएपछि खुसी भएका छन् । अहिले बाजुराको तापक्रम ६ डिग्री तल झरेको छ ।
रासस

Logo