माईतबाट घर फर्किदैं गर्दा एक बृद्धामाथि बलात्कारपछि हत्या प्रयास

माईतबाट घर फर्किदैं गर्दा एक बृद्धामाथि बलात्कारपछि हत्या प्रयास

केन्द्रबिन्दु
0
Shares

नुवाकोट । नुवाकोटमा एक बृद्धामाथि बलात्कारपछि हत्याको प्रयास भएको छ । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला नुवाकोट सदरमुकाममा मङ्गलबार मध्यराति एक वृद्धामाथि बलात्कारपछि हत्याको प्रयास भएको हो ।

विदुर नगरपालिका–३ की बृद्धा बेलकोटगढीस्थित माइतीबाट फर्कँदै गरेको अवस्थामा गाउँकै एक पुरुषबाट बलात्कृत भएको प्रहरीले जनाएको छ ।

राति १० बजे छिमेकी ५० वर्षीय रामशरण नेपालीले जबर्जस्ती करणीपछि ज्यान मार्ने प्रयास गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

रामशरणले बलात्कारपछि घटना सार्वजनिक हुने डरले वृद्धाको हत्या प्रयास गरेका थिए र तर वृद्धा प्रतिकारका लागि हारगुहार गरेपछि हत्या हुनबाट जोगिएकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भीमलाल भट्टराईले जानकारी दिए ।

हाल ति बृद्धाको काठमाडौँस्थित वीर अस्पतालको ट्रमा सेण्टरमा उपचार भइरहेको जनाइएको छ । अभियुक्त नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Logo