काठमाडौंमा पनि विवाह पञ्चमी भव्य रुपमा मनाईयो

काठमाडौंमा पनि विवाह पञ्चमी भव्य रुपमा मनाईयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको बत्तिसपुतलीस्थित राममन्दिरमा पनि विवाह पञ्चमी पर्व भव्यताका साथ मनाइएको छ ।

बुधबार बिहानै भगवान रामको विवाह भएको दिनको अवसर पारेर विशेष भक्ति संगित कार्यक्रम आयोजना गरि राममन्दिरमा विवाह पञ्चमी पर्व मनाइएको हो ।

यसै अवसरमा सो मन्दिरमा भगवान राम र सीताको विवाहको महिमासहितको सांस्कृतिक कार्यक्रम पनि आयोजना गरियो । विवाह पञ्चमीमा राम र सीताले विवाह गरेको र सो विवाहमा गएका जन्तीहरुको झल्को पनि दिइएको थियो ।

भगवान रामको विवाहलाई काठमाडौंमा पनि उत्सवको रुपमा मनाइएको बाल्मिकी विद्यापीठका उपप्राध्यापक माधव घिमिरेले जानकारी दिए ।
विवाह पञ्चमीको अवसर पारेर भक्तजनहरुले भगवान रामको स्मरण गर्दै राम मन्दिरमा पूजाआजा पनि गरेका थिए । त्रेता युगमा राजर्षि जनकको प्रतिज्ञालाई मर्यादा पुरुषोत्तम रामले पूरा गरेपछि जनककी छोरी सीतासँग विवाह भएको दिनलाई विवाह पञ्चमीको रुपमा मनाउने गरिएको जनविश्वास रहि आएको छ ।

यही विश्वास र संस्कृतिलाई निरन्तरता दिँदै जनकपुरस्थित जानकी मन्दिरमा भव्य रुपमा विवाह पञ्चमी मनाउने गरिन्छ ।

Logo