सरकारी कर्मचारीको सरुवा रोकियो

सरकारी कर्मचारीको सरुवा रोकियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले कर्मचारी समायोजन नभएसम्मका लागि सबै सरकारी कर्मचारीको सरुवा रोकेको छ । कर्मचारी समायोजन अध्यादेश २०७५ जारी भएपछि सरकारले कर्मचारीको सरुवा रोक्ने निर्णय गरेको हो ।

संघ, प्रदेश र स्थानीयत तहमा कर्मचारी समायोजन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवा रोकेको हो ।

मन्त्रालयले सरकारी सेवाका कर्मचारीको विवरण अध्यावधिक गर्न सबै निकायमा पत्राचार गरेको छ । कर्मचारीलाई पनि एसएमएस गरेर यसबारे जानकारी दिइएको छ ।

साथै सबै कर्मचारीको विवरण निजामती राष्ट्रिय किताबखानामा अपडेट गराउन मन्त्रालयले अनुरोध गरेको छ । कर्मचारी समायोजनका लागि निवेदन दिन आफू खटिएको कार्यालयमा उपस्थित भएर निवेदन दिनुपर्ने भएकाले मंसिर २८ गते शुक्रबारभित्र हुन मन्त्रालयले निर्देशन दिएको छ ।

Logo