एक पूर्व प्रहरी, जसले ५६ जनाको हत्या गरे

एक पूर्व प्रहरी, जसले ५६ जनाको हत्या गरे

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । रुसको एक अदालतले सोमबार एक पूर्व प्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ । यसअघि पनि उनले करिब २३ जना महिलाको हत्या गरेको अभियोगमा जन्म कैँदको सजाय सुनाइसकेको छ । उनी हाल जेलमा नै छन् ।

ती अधिकारीलाई रुसको अदालतले थप ५६ जनाको हत्याको अभियोगमा दोषी ठहर गरेको हो । उनी रुसको इतिहासकै एक कुख्यात हत्याराको रुपमा परिचित भएका छन् ।

अबेर राती आफ्नो कारमा महिलालाई घुमाउन लैजाने बहानामा उनी क्रुरतापूर्वक हत्या गर्दथे । तीमध्ये उनले कम्तीमा ११ महिलालाई बलात्कार पनि गरेका थिए । तीनवटा मुद्दामा उनी आफ्नो ड्युटीमा पुलिसको गाडीमा थिए ।

रुसको इरकुस्तुक अदालतले ती पूर्व प्रहरीलाई सन् १९९२ देखि २००७ को अवधिमा करिब ५६ जनाको ज्यान लिएकोमा दोषी ठहर गरेको जनाइएको छ ।

६ वर्ष अघि डिएनए परिक्षणको आधारमा पपकोवलाई पक्राउ गरिएको थियो । मारिएका महिलाको उमेर १५ देखि ४० वर्षको बीच थियो । यसबाहेक उनले एक पुलिस कर्मीको पनि हत्या गरेका थिए । रासस

Logo