काठमाडौँ र इलाममा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको ज्यान गएको छ।
काठमाडौँको टोखा नगरपालिका -६ मिलनचोकमा गएराति टेलिफोनको खम्बामा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा बसुन्धरा बस्दै आएका गोरखाका २१ वर्षीय सुवास सुर्खेती रहेको प्रहरीले जनाएको छ। उनको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो। यस्तै मोटरसाइकलमा पछाडि सवार गोरखाकै १८ वर्षीय सुदीप सुर्खेती घाइते भएका छन्।
उनको ग्राण्डी अस्पतालमा नै उपचार भइरहेको छ। दुबै जनाले मदिरा सेवन गरेको पाइएको प्रहरीले जनाएको छ। गएराति करिब १२ बजे बा ६५ प ८०६५ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।
त्यस्तै मङ्गलबारे इलामको फाकफोकथुम गाउँपालिका ४ फूएतप्पामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको गए राति मृत्यु भएको छ । इलाम र पाँचथरको सीमावर्ती रविबजारबाट घरतर्फ फर्कने क्रममा को१प ३३३९ नंको मोटरसाइकलले ठक्कर दिँदा फाकफोकथुम गाउँपालिका ३ आमचोक निवासी ८३ वर्षीय बीर्खबहादुर लकान्द्रीको मृत्यु भएको हो ।
घटनापछि लकान्द्रीलाई उपचारका लागि रबिस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिए र त्यहाँ उपचार हुन नसकेपछि झापाको विर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।





























प्रतिक्रिया