विभिन्न चार मुलुकका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ आगामी आइतबार (२१ गते) गर्ने भएको छ ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले भारतसहित चार देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ आइतबार गर्ने निर्णय गरेको हो ।
त्यसअघि यही मंसिर २१ गते शुक्रबार दिउँसो २ बजे राजदूत नियुक्तिको प्रक्रियाका विषयमा उजुरीकर्ताहरुसित छलफल गर्ने निर्णय समितिले गरेको छ ।संसदीय सुनुवाइ समितिले सार्वजनिक सूचनामार्फत् उजुरी आह्वान गरेकोमा एउटा मात्र उजुरी परेको छ ।
संसदीय सुनुवाइ समितिले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, युएईका लागि कृष्ण ढकाल र इजरायलका लागि अन्जान शाक्यलाई सिफारिस गरेको छ ।































प्रतिक्रिया