काठमाडौं । केरूङ-काठमाडौं रेल सञ्चालनबारे २४ गते नेपाल-चीनबीच वार्ता हुने भएको छ । केरूङ-काठमाडौं रेलमार्गबारे नेपाल र चिनियाँ अधिकारीबीच वार्ता हुन लागेको हो । वार्ताका लागि चीनको राष्ट्रिय रेल प्रशासनका अधिकारीहरू आइतबार नेपाल आउँदैछन्।
द्वीपक्षीय वार्तामा नेपालले केरूङ-काठमाडौंको थप अध्ययन गर्न प्रस्ताव राखिने भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए । यसअघि चीनको सियानमा दुई देशका अधिकारीबीच रेलमार्गबारे वार्ता भएको थियो।
अब हुने बैठकमा चिनियाँ पक्षले रेलमार्ग कुन आर्थिक मोडलमा बनाउने भन्ने विषयमा टुंगो हुनुपर्ने अपेक्षा गरेको छ । नेपालले रेलमार्गमा कसले कति लगानी गर्नेबारे प्रस्ताव बनाउन सकेको छैन।
जेठ दोस्रो साता चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटका ८ अधिकारीले केरूङ-काठमाडौं रेलमार्गको एक साता लामो स्थलगत अध्ययन गरेका थिए।
चिनियाँ पक्षले सिगात्सेबाट केरूङ आउने चिनियाँ रेललाई काठमाडौं ल्याउन सकिने रिपोर्ट प्रस्तुत गरेको थियो। प्रारम्भिक अध्ययनको रिपोर्टमा ७२.२५ किलोमिटर लामो रेलमार्गमा २ खर्ब ५७ अर्ब रूपैयाँ लाग्ने र ९ वर्षमा बनाउन सकिने उल्लेख गरिएको छ।































प्रतिक्रिया