कृष्णसिंह धामी/काठमाडौं । एसिया प्यासिफिक सम्मेलनको लागि भन्दै शुक्रबार राजधानीमा निर्मला पन्तका पोस्टरहरु च्यातिए । ति पोस्टरहरु च्यात्ने अरु कोही नभएर कानूनको रक्षक प्रहरी नै थिए । "/>

राजधानीमा निर्मलाको पोस्टर च्यात्दा राज्यलाई पर्‍यो महंगो

राजधानीमा निर्मलाको पोस्टर च्यात्दा राज्यलाई पर्‍यो महंगो

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी/काठमाडौं । एसिया प्यासिफिक सम्मेलनको लागि भन्दै शुक्रबार राजधानीमा निर्मला पन्तका पोस्टरहरु च्यातिए । ति पोस्टरहरु च्यात्ने अरु कोही नभएर कानूनको रक्षक प्रहरी नै थिए ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालको बेईज्जत हुने भन्दै प्रहरीले नै बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि लगाईएका पोस्टरहरु च्यातेका थिए । त्यतिमात्र कहाँ हो र प्रहरीले पोस्टर टास्ने १२ जनालाई पक्राउ पनि गरेको थियो ।

अर्को रोचक कुरा त के भने जहाँबाट प्रहरीले पोस्टरहरु च्यातेको थियो, त्यही ठाउँमा अन्य अश्लिल सन्देश दिने खालका पोस्टरहरु भने छ्यापछ्याप्ति थिए । ‘के ति अश्लिल पोस्टरले नेपालको बेईज्जत हुँदैंन ?’ आम नागरिकको प्रश्न । के ति अश्लिल सन्देश दिने खालका पोस्टरहरु भने विदेशी पाहुनाले हेर्दैनन् ? यस्ता प्रश्नले आम नागरिकको मन भरिएको छ ।

एउटा पीडामा परेकी चेलीको न्याय माग गर्दै टासिएका पोस्टरहरु राज्यले नै च्यात्दा त्यसको मुल्य राज्यले नै चुकाउनुपर्ने भएको छ । त्यसको जवाफ राजधानी बाहिरबाट दिईरहेका छन् ।

 

निर्मलाको जन्मथलो महेन्द्रनगरमा आन्दोलनको घोषणा नै गरिएको छ । केही समयदेखि शान्त रहेको महेन्द्रनगर अब अशान्त बन्दै गएको छ । त्यसको कारण हो, राजधानीमा न्यायका लागि लगाईएका निर्मलाका पोस्टर च्यात्नु ।

महेन्द्रनगरका महिलाअधिकारकर्मी, मानवअधिकारकर्मी, आम कञ्चनपुरबासीले राज्यविरुद्ध आन्दोलनको घोषणा गरेका हुन् । शनिवार महेन्द्रनगरमा बसेको बैठकले पहिलो चरणको आन्दोलनको घोषणा गरिएको हो ।

आन्दोलन भोली सोमबारदेखि हुनेछ । आन्दोलनका कार्यक्रम अन्तर्गत सोमबार र मंगलबार सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला प्रशासन कार्यालय मुल गेटमा कालोपट्टी बाँधेर धर्ना दिने, बुधबार न्यायका लागि दिउँसै टर्च बालेर प्रर्दशन गर्ने, बिहीबार मानव साङ्लो बनाउने कार्यक्रम तय भएको छ ।

सुदूरका सबै जिल्ला प्रशासनमा धर्नाका लागि नागरिक संघर्ष समितिले समन्वय गरेर पहिलो चरणमा जिल्लामा आन्दोलन थालिएको र त्यसपछि प्रदेशमा जाने नागरिक समाज कञ्चनपुरका पूर्व–अध्यक्ष नर बहादुर साउदले जानकारी दिए । देशैभर सार्वजनिक क्षेत्रमा ‘सरकार भेटियो, न्याय भेटिएन, भन्ने निर्मलाको फोटो पोष्टर टासिएका छन् ।

उक्त पोस्टर काठमाडौंमा प्रहरीले नै च्यात्दा देशैभर त्यस्ता पोस्टरले रंगिएका छन् । साउन १० गते साथीको घरमा होमवर्क गर्छु भन्दै घरबाट हिँडेकी निर्मलाको बलात्कारपछि हत्या गरेर उखुबारीमा फ्याँकिएको अवस्थामा ११ साउनमा फेला परेकी थिईन् ।

Skip This
Skip This
Logo