विवादित एसिया प्यासिफिक राजधानीमा आजबाट शुरु भएको छ ।   सम्मेलनमा धारणा राख्ने बिभिन्न बक्ताहरुले विश्व शान्तिका लागि गरीबी, भोकमरी तथा अशिक्षाको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्  । "/>

विवादित एसिया प्यासिफिक सम्मेलनमा कसले के भने ?

विवादित एसिया प्यासिफिक सम्मेलनमा कसले के भने ?

केन्द्रबिन्दु
0
Shares

विवादित एसिया प्यासिफिक राजधानीमा आजबाट शुरु भएको छ ।  सम्मेलनमा धारणा राख्ने बिभिन्न बक्ताहरुले विश्व शान्तिका लागि गरीबी, भोकमरी तथा अशिक्षाको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्  ।

सम्मेलनलाई सम्बोधन गर्दै उनीहरुले नागरिकको आकाङ्क्षा र बदलिँदो विश्व परिवेशलाई समेत आत्मसात् गरेर समान धारणा र कार्यक्रमका साथ अगाडि बढे विश्वका साझा समस्याबाट मुक्त पाउन सकिने बताए । पछिल्लो दिनमा जलवायु परिवर्तन, आतङ्कवाद, मानव तस्करी पनि विकराल समस्याका रुपमा देखा परेको छ भन्दै उनीहरुले एकल प्रयत्नबाट मात्रै ती समस्याको निरुपण नहुने भएकाले एकार्का देशबीच सहकार्य जरुरी रहेको बताए ।

सम्मेलनलाई सम्बोधन गर्दै फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेदोले विश्व शान्तिका लागि सबैको साझा प्रयत्न जरुरी रहेको बताए । उनले भने, “सहकार्य नै शान्ति र विकासको प्रमुख कार्यसूची हुन सक्छ । हामीले विगतदेखि नै यसलाई नै जोड दिँदै आएका छौँ ।”

गरीबी, अशिक्षा, आतङ्कवाद विश्वका साझा समस्या रहेको छ भन्दै उनले ती समस्याविरुद्ध लड्न विश्वासिलो साझेदारी, समान अस्तित्व र दृढताको जरुरी पर्ने उल्लेख गरे । उनले सामाजिक दुश्चक्रका रुपमा रहेको भ्रष्टाचारको नियन्त्रण गर्नुपर्नेमा जोड दिए । नागरिकका स्वतन्त्रता, साधनस्रोतको समुचित वितरण तथा आत्मसम्मानलाई समेत विशेष ख्याल गरिए शान्तिको खोजी धेरै जटिल नभएको उपराष्ट्रपति रोब्रेदोको भनाइ थियो ।

समोआका राष्ट्रप्रमुख अफिओगा टुइमालिआलिफानो भालेतोआ सुआलौभी द्वितीयले विश्व शान्तिका लागि सामूहिक प्रयत्न जरुरी औँल्याए । उनले मानवीयता, सहअस्तित्व र आपसी हितलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्नेमा विश्व समुदायलाई आग्रह गरे । जलवायु परिवर्तन पनि पछिल्लो दिनमा विकराल समस्याका रुपमा देखा परेको छ भन्दै उनले त्यसविरुद्ध जुध्न जरुरी भइसकेको बताए ।

तुभालुका राज्य प्रमुख लाकोबा ताइया इतालेनीले बन्दूक र सैनिक माध्यमबाट मात्रै जनतालाई सुरक्षित गर्न नसकिने बताए  । गरीबी, भोक तथा रोग नियन्त्रण गर्नुपर्ने र सुरक्षाका विषयलाई समेत प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले स्रोतलाई वर्तमान तथा भविष्यको पुस्ताका लागि सुरक्षित गर्नुपर्ने औँल्याए ।

वातावरण, अर्थतन्त्र, पर्यावरणको सुरक्षाका लागि राजनीतिक र आस्थाका नेताले मिलेर काम गर्नुपर्ने स्पष्ट पार्दै उनले युवालाई शिक्षा दिएर सही सङ्क्रमणको मार्गमा अगाडि बढाउन एकीकृत प्रयास गर्नुपर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २१औँ शताब्दी अनुकूल न्याय, शान्ति, समानता, विकास र समृद्धिका लागि साझा प्रयास हुनुपर्ने बताएका छन् ।प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि, सञ्चारका क्षेत्रमा प्रगति भए पनि गरीबी, अशिक्षा, जलवायु परिवर्तन र स्वास्थ्य क्षेत्रका चुनौतीहरुको सामना गरिरहनुपरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय व्यापार, नवप्रवर्तन, संस्कृति आदिका माध्यमबाट एशियाली मूल्य र मान्यताका साथ सहकार्य बढाउन आह्वान गरे ।

जलवायु परिवर्तन विकास र मानवीय अस्तित्वकै लागि चुनौती भएकाले हिमालहरुको पग्लने क्रम रोक्ने उपायहरुबारे सोच्नुपर्नेमा पनि उनले जोड दिए । प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियाको मूलभूत सफलता, संविधान निर्माण र निर्वाचनहरुको चरणपछि मुलुक विकास र समृद्धिको चरणमा रहेको पनि अवगत गराए । साथै ओलीले नेपालका ऋषिमूनिहरुबाट धेरै पाठ सिक्न सक्ने समेत बताएका छन्।  उनले ऋषिमूनिबाट धेरै कुराहरु सिक्न सकिने भन्दै नैतिक रुपमा आत्मसमर्पण गरि अरुलाई अंगाल्न नसिक्ने धारणा राखे ।

 ‘विश्वका गम्भीर चुनौतीहरूमाथि सम्बोधनः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्य-मान्यता’ नारासहित सम्मेलन आयोजना गरिएको हो।  धार्मिक गैरसरकारी संस्था युनिभर्सल पिस फेडेरसन (यूपीएफ)ले उक्त सम्मेलन आयोजना गरेको हो।

सम्मेलनमा सात देशका राष्ट्र प्रमुख, सरकार प्रमुख एवं उपप्रमुख, १० जना पूर्वराष्ट्रप्रमुख र सरकारप्रमुख लगायत सहभागी छन्। सम्मेलनमा आयोजकले नेपालका सबै राजनीतिक दलका नेताहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूलाई निमन्त्रणा गरेको छ।

सम्मेलनमा राजनीतिक, धार्मिक, शान्ति, विकास, सुशासन र सांसदको भूमिका, अन्तरधार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, सञ्चारमाध्यमको भूमिकालगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

Skip This
Skip This
Logo