काठमाडौं । सबैभन्दा सुरक्षित मानिएको राजधानीमै एक ८ वर्षीय बालकको अपहरणपछि हत्या गरिएको छ । मित्रनगरस्थित स्वस्तिक त्रिवेणी गेस्ट हाउस सञ्चालन पर्वतका प्रविण कुँवरका एकमात्र छोरा प्रयास कुँवरको अपहरणपछि हत्या गरिएको हो । उनी ३ दिनअघि वेपत्ता भएका थिए । अपहरणमा परेको एक घण्टामै उनको हत्या भएको खुलेको छ ।
प्रयासको हत्या गरेको आरोपमा प्रहरीले सोही गेस्ठ हाउसका ड्राईभर महेन्द्र सार्की पक्राउ परेका छन् । स्यांजाको भिरकोट घर भएका २२ वर्षीय महेन्द्रले गेस्ट हाउसमा अभिभावक कोही नभएको समयमा मंगलबार साँझ ६ बजे प्रयासलाई गाडिमा राखेर लगेका थिए । करिब सात बजे गेस्ट हाउस फर्किएका महेन्द्रमाथी प्रहरीले अनुसन्धान थालेको थियो ।
लामो अनुसन्धानपछि उनले नै हत्या गरेको पत्ता लागेको प्रहरीले जनाएको छ । प्रयासलाई मारेर फालेको ठाउँ महेन्द्रले नै देखाएका थिए । महेन्द्र एक महिनाअघिमात्र उक्त गेस्ट हाउसमा काम गर्न थालेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । अपराध महाशाखाका डीएसपी रुगम कुँवरको नेतृत्वको टोलीले घटनाबारे अनुसन्धान थालेको थियो । स्थानीय बेलमन्ड इन्टरनेशनल एकेडेमीमा एक कक्षामा अध्ययनरत प्रयासको हत्यापछि परिवार शोकमा डुबेको छ ।
यसअघि गत साउन २१ गते काठमाडौंकै काडाघारीमा ११ वर्षीया निशान खड्काको अपहरणपछि हत्या गरिएको थियो । अपहरणकारीले हत्या गरेर बन्दै गरेको घरको जगमा हालेर शव गाडेका थिए । घटना भएको भोलिपल्ट नुवाकोट सामरीका गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थली १ का अजय तामाङ प्रहरी इन्काउन्टरमा मारिएका थिए ।































प्रतिक्रिया